दरबाङका विपन्नलाई निशुल्क स्वास्थ्य विमा

यहाँको एक वडाले गरिब तथा विपन्नलाई निशुल्क स्वास्थ्य विमा गरिदिएको छ । मालिका गार्उँपालिका वडा नं ६ दरबाङ्गले वडाभित्रका ४२ विपन्न घरधुरीलाई निशुल्क विमा गरिदिएको हो । स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन पहिलो चरणमा ४२ घरमा बसोबास गर्नेलाई प्रति घरधुरी ३५ सयको दरले विमा शुल्क वडाले उपलब्ध गराएको वडा अध्यक्ष सन्तनाथ सुबेदीले बताए ।‘निशुल्क उपचारमा सघाउने प्रयास गरेका छौ,‘हरेक बर्ष कार्यक्रमले निरन्तरता पाउने छ’ सुबेदीले भने ।

उनले विपन्नलाई उपचारमा सहज हुने गरी आगामी दिनमा समेत विभिन्न कार्यक्रम ल्याउने बताए ।वडाले तरकारी सहित आयआर्जनका क्षेत्रमा समेत प्राथमिकता दिएको छ । तरकारी खेतीमार्फत आत्मनिर्भर बनाउन तथा फलफुल खेतीमा समेत सहज हुने गरी आगामी बर्ष योजना बनाइएको अध्यक्ष सुबेदीले बताए । म्याग्दीको सदरमुकाम बेनीपछिको दोस्रो ब्यापारिक केन्द्र दरबाङ मा खपत हुने गरी ग्रामिण क्षेत्रमा कृषि र पशुपालनको क्षेत्रमा बजेट विनियोजन गरिएको जनाएका ेछ ।