खै विद्युत ? खोलाले बगायो ! खै खोला ?

आज मंगलबार साँझमात्रै पटक–पटक विद्युत कटौती भयो । छिनछिनमै अनियमित विद्युत जाने समस्याले म्याग्दीबासी हैरान भएका छन् । एकदिन होईन् हरेक दिन एउटै समस्याले सर्वसाधारणदेखि उद्योग ब्यवसायीले सार्वजनिक स्थान र सामाजिक सञ्जालमै आक्रोश पोख्दा समेत समस्या समाधान हुन सकेको छैन् ।

विहादेखि रातीसम्म दर्जनौ पटक पिलिक पिलक बत्ती आउने जाने समस्यालाई समाधान गर्ने तर्फ जिल्लाका जनप्रतिनिधि र सरोकारवालाको ध्यान पटक्कै गएको छैन्। डेढदशक यताकै यो समस्याको समाधानमा नीति क्षेत्र उद्योग वाणिज्य संघले कार्यालय बन्ददेखि ज्ञापपत्र बुझाउन जिल्लादेखि केन्द्रसम्म पकपटक प्रयास गरेपनि समस्या समाधान हुन सकेको छैन् ।दैनिकजसो विना सूचना विद्यतु कटौतीले सर्वसाधारण आजित भएको अवस्थामा समस्यालाई दिर्घकालिन रुपमै समाधान गर्नुपर्ने म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतमले भने । ‘हरेक दिन एउटै समस्याले उद्योग सञ्चालनमा समस्या भइरहेको छ,‘केन्द्रियस्तरबाटै समस्याको समाधान खोजौं’ गौतमले भने ।

उनले सदरमुकाम बेनी तथा ग्रामिण क्षेत्रमा अघोषित लोडसेडिङको समस्याका बारेमा जनप्रतिनिधिलाई समेत जानकारी भएको बताए । बिना सूचना दैनिकजसो बिद्युत कटौतीका कारण उद्योगधन्दा चौपट हुन थालेपनि सरोकारवाला निकायको औपचारिक विरोध बाहेक केही गतिविधि देख्न सकिदैन् । खै विद्युत ? खोलाले बगायो ! खै खोला ? सुक्यो । समाजिक सञ्जालमा बेनीका यूवा लोकेश पुनले अघोषित विद्युत कटौतीलाई ब्यंङ्य गरेका छन् ।

राजनीतिक तथा नीजि क्षेत्रबाट समेत विद्युत कटौतीका बारेमा अहिलेसम्म गरेका कुनैपनि आन्दोलनले प्राधिकरणलाई छुन सकेको छैन भने जिल्लाको समस्यालाई प्राधिकरणले समेत त्यती चासो देखाएको छैन् । हरेक महिना विद्युतको महसुल समयमै तिर्ने गरेका म्याग्देलीले कार्यालयमै पुगेर आक्रोश पोख्दा कर्मचारीले जिल्लाबाट समस्याको समाधान हुनसक्ने बताउने गरेका छन् ।

विद्युत कटौती समस्याको समाधान के हो त ?
पर्वतको मोदी सवस्टेशनबाट विद्युत् आपूर्ती अनियमितताका कारण म्याग्दीमा दैनिकजसो हुने विद्युत कटौती हुने गरेको छ । पर्वत र बागलुङमा समस्या आउँदा म्याग्दी र मुस्ताङमा समेत विद्युत आपूर्ती बन्द हुन्छ । त्यसैले जिल्लाबाट प्रदेश र प्रतिनिधिसभामा निर्वाचित सांसदले आपूर्तीलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन म्याग्दीलाई छुट्टै विद्युत विस्तार गर्ने गरी सबस्टेशनमार्फत ग्रिड विस्तार गर्नुपर्छ ।

सवस्टेशनबाट साविकको धौलागिरी अञ्चल भित्र म्याग्दी र मुस्ताङलाई एउटै ग्रिडमा राख्ने गरी नयाँ योजना आउन सकेमा मात्रै अहिलेको समस्या समाधान गर्न सकिन्छ । अर्कोतर्फ बजार क्षेत्रमा भोल्टेज सुधारको आवश्यकता छ । बेनीबजारमा समान्य अवस्थामा पनि विद्युत कटौतीको एउटा समस्या भनेको भोल्टेज सुधार नै हो । खपतभन्दा कम क्षमताका ट्रार्फमरका कारण विगतमा झेल्दै आएको समस्यामा केही राहत महसुस गरेपनि अझै बजारभित्र राखिएका ट्रार्फमरको क्षमता बढाउनुपर्ने देखिन्छ । अनियमित विद्युतको प्रमुख समस्या समाधान गर्न अर्थ र उर्जा मन्त्रालयले ग्रिडमा सुधार नै प्रमुख आवश्यकता हो ।

यसमा म्याग्दीका सांसदले सडक र अन्य क्षेत्रमा खर्च गर्ने केही सांसदलाई विनियोजन बजेटलाई जिल्लालाई छुट्टै ग्रिडको विस्तारमा समेत विनियोजन गर्न सकिन्छ । म्याग्दीमा आउने ग्रिडमा पर्वतको जलजला गाउँपालिका सहित मोदी सवस्टेशन हुदै आउने भएकाले पर्वत र मुस्ताङका सांसदको बजेटलाई समेत प्रयोग गर्न सकिन्छ । बेनी वितरण केन्द्रका नेत्रमणि न्यौपानेले मोदीबाट म्याग्दी र बागलुङ जोड्ने ट्रान्समिसन लाईन सिस्टममा समस्या देखिदाँ म्याग्दीले बिनाकारण समस्या खेप्नुपरेको बताउँदै यसमा राजनीतिक दलकै भूमिका महत्वपूर्ण हुने बताउँछन् ।