विद्यार्थीलाई प्राथमिक उपचार तालिम

पश्चिम म्याग्दीको एक नीजि विद्यालयले विद्यार्थीलाई एकदिने प्राथमिक उपचार तालिम सञ्चालन गरेको छ । मालिका गाउँपालिका–६ दरबाङस्थति केबी एकेडेमीले विद्यालयमा अध्ययरत विद्यार्थीलाई आप्तकालिन उपचारका विधिका साथै फष्ट एडका साम्रागीको प्रयोग लगाएत विभिन्न उपचार पद्धती र जनचेतनामुलक जानकारी गराइएको थियो । विद्यालयभित्र आयोजित तालिममा प्राथमिक उपचार केन्द्र दरबाङका डा. गणेश श्रेष्ठ हरेक नागरिकले प्राथमिक उपचारका बारेमा जानकारी लिनुपर्ने बताउँदै प्राथमिक उपचाबारे तालिमले दुर्घटनामा मृत्यु हुनेको संख्या न्यूनिकरणमा निकै ठूलो सहयोग गर्ने बताएका थिए ।

उनले विद्यार्थीलाई दुर्घटनास्थलमा आपत्कालिन स्टे«चर बनाउने, आगलागीबाट जलेको अवस्थामा, घाँटीमा खानेकुरा अड्किने,पानीमा डुबिरहेको, कुकुरको टोकाइ, नाकबाट रगत बगिरहेको, रक्तस्राप लगाएत विभिन्न समान्य तथा जटिल दुर्घटामा कसरी प्राथमिक उपचार गर्ने र ज्यान कसरी जोगाउन सकिन्छ भन्ने बारेमा सिकाइएको थियो । सोही अवसरमा इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक रामप्रसाद पाण्डले प्राथमिक उपचारमा सुरक्षाकर्मीको प्रयास तथा स्थानीयको सहयोगका बारेमा जानकारी गराएका थिए ।

प्राथमिक उपचारलाई प्रभावकारी बनाउन विद्यार्थीले सिकेका सीपलाई आफ्ना घरपरिवार र छिमेकमा समेत फैलाउनुपर्नेमा जोड दिए । तालिममा शैद्धान्तिक तथा ब्यवहारिक ज्ञान प्रदान गरिएको थियो । विद्यालयका प्रबन्ध निर्देशक हिरा पुनले विद्यार्थीमार्फत समुदायलाई दुर्घटनाबाट मानवीय क्षतीलाई न्यूनिकरण गर्न तालिम सञ्चालन गरिएको बताए । उनले विद्यार्थी तथा अभिभावक केन्द्रित तालिमलाई समेत प्राथमिकता दिने बताए । तालिममा सहभागी विद्यार्थीले तालिम निकै लाभदायी भएकाले सिकेको सीपलाई आवश्यकता अनुसार प्रयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।