सिटीजन्स बैंकले तातोपानी कुण्डलाई सहयोग

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित न्युरोडमा रहेको सिटीजन्स बैङ्क इन्टरनेशनल लिमिटेड प्राकृतिक उपचार केन्द्र तातोपानी कुण्डलाई ४० हजार सहयोग गरेको छ । बैंकको सामाजिक उत्तरदाहित्व अन्र्तरगत कुण्डमा आवश्यक पूर्वाधारमा सघाउने गरी शाखा प्रबन्धक अनुप अधिकारीले कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यलाई सहयोग हस्तान्तरण गरेका हुन् ।

प्राकृतिक उपचार केन्द्र तातोपानी कुण्डमा उपचार गर्न आउने विरामी, स्थानीय तथा पर्यटकलाई लक्षित गरी बैंकको सहयोगबाट खरिद गर्न सकिने पूर्वाधार राखिने अध्यक्ष शाक्यले बताए ।उनले सिटिजन्स बैंकले विगतमा समेत तातोपानी कुण्डमा आउने विरामीलाई सहज हुने गरी सहयोग गरेको बताए । सहयोग हस्तान्तरणको अवसरमा बैंकका शाखा प्रबन्धक अधिकारीले शाखामार्फत हरेकबर्ष सामाजिक उत्तरदाहित्व अन्तरगतका रचनात्मक कार्यक्रमहरु गरिएको बताए ।

उनले तातोपानीमा प्वाइन्ट अफ सेल (पीओएस) सेवा सञ्चालन गरिएको बताए । डेविट तथा क्रेडिट कार्ड भएका ग्राहकले पीओएस मेसिन मार्फत आफ्नो बिल तिर्न सकिने गरी सेवा उपलब्ध गराइएको अवस्थामा थप आर्थिक सहयोगमार्फत तातोपानीबासीसँग सहकार्य गरिएको बताए । तातोपानीमा बर्षनी करिव ३० हजारको हाारहारीमा जिल्लाबाहिरबाट स्नान तथा अवलोकन गर्न आउने गरेका छन् ।