छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला….

म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ३ मौवाफाँटमा रोपाईमा ब्यस्त कृषक । मानो रोपेर मुरी फलाउने समय भएकाले म्याग्दीका ग्रामिण क्षेत्रमा रोपाई सुरु भएको छ । छुपुछुपु धान रोपेको दृष्यसँगै असारे भाकाले समेत ग्रामिण क्षेत्रमा थप रौनकता छाएको छ । असारको पहिलो सातादेखि छिटफुट रोपाई सुरू भएसँगै साउनको दोस्रो सातासम्म रोपाई सकिन्छ ।

जिल्लामा कुल खेतीयोग्य जमिन ३० हजार ८ सय ५६ हेक्टरमध्ये १९ हजार ४ सय ९८ हेक्टरमा मात्रै खेती गरिएको छ । धानखेतीका लागि ३ हजार ८ सय ९५ हेक्टर जमिन मात्रै खेतीयोग्य रहेको छ । जिल्लाको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, भगवती, पिप्ले लगायतका धान खेतीका लागि पकेट क्षेत्र मानिन्छन् । गौरिया, गुडुरो, मार्सी, दर्माली, कालो, जेठोबुढो, ताकमारे, लुम्ले–२, छोम्रोङ–३ र खुमल–४ जातलगायतका धानखेती हुँदै आएको छ । तस्विर बेनीअनलाइन