म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकाको भवन निर्माणकार्यले तिब्रता पाएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा गाउँपालिकाको भवन निर्माणमा स्थानीय समुदायबाट करोडौँ मुल्य बराबरको जग्गा गाउँपालिकालाई निःशुल्क व्यवस्थापन तथा केही जग्गालाई ब्यवस्थापन गदैं भवन निर्माणलाई समयमै सम्पन्न गर्ने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले बताए । उनका अनुसार २४ रोपनी जग्गालाई कम्पाउण्डिङ गर्ने कार्य भइरहेको छ ।

मौवाफाँट स्थित कुखुरेमा खेतीयोग्य फाँटमा २४ रोपनी जग्गा घडेरीमा प्लटिङ गरी स्थानीयलाई समेत सहज हुने गरी पूर्वाधार विस्तार गरिएको छ । तीनबर्षभित्र नै नयाँ संरचना प्रयोग गर्ने गरी गाउँपालिकाले भवन आसपासमा पार्किङस्थल, मापदण्ड अनुसारको सडक तथा संरचनालाई आधुनिक बनाउने जनाएको छ । गाउँपालिकाको भवन निर्माणमा स्थानीयको सहयोगले सहज भएपनि केही अवरोधलाई समेत कानुनी प्रक्रियाबाट जिल्लाको दररेट अनुसार नै गाउँपालिकाले प्रयोग गर्ने जनाएको छ । तस्वीर प्रताप बानियाँ

Leave a Reply