ढोल्थानका ब्लड क्यान्सर पीडित बालकलाई बचाउन अपिल

बेनी नगरपालिका–९ घतान ढोल्थानका दुई बर्षिय बालकलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि उनका परिवारले सहयोगको अपिल गरेका छन्। ६ महिनादेखि ब्लड क्यान्सर पीडित रिजनरत्न परियारको उपचारमा आर्थिक अभाव भएपछि उपचारमा सहयोग गर्न परिवारले अपिल गरेका हुन् ।

समान्य विरामी भएपछि उपचारको क्रममा स्वास्थ्य परीक्षण गर्दा ब्लड क्यान्सरबाट पीडित बनेको पत्ता लागे लगत्तै नेपालका विभिन्न अस्पतालमाउपचार गरेपनि थप उपचारका लागि भारतमा पुर्याइएका बालकलाई उपचारमा आर्थिक समस्या भएको सोविता बागदासले बेनीअनलाइनलाई बताईन् । उनका अनुसार बालकको परिवारको आर्थिक अवस्था कमजोर भएपनि नेपालमा उपचारमा ऋणधन जुटाएर खर्च गरेपनि थप उपचारमा आर्थिक समस्या देखिएपछि सहयोगको अभियान सञ्चालन गरिएको हो ।

भारतको अल इन्डिया मेडिकल हलमा उपचार गराइरहेका बालकका म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले १५ हजार सहयोग गरेको छ । कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसीको सहयोग हस्तान्तरण गदैं अभियानमा सहयोग गर्न अपिल गरेका छन् । बालकको उपचारमा करिव १५ लाखभन्दा धेरै लाग्ने भएकले आफ्नो क्षमता अनुसारको सहयोग गर्न कोषले अनुरोध गरेको छ । डोल्थानका रेशमरत्न परियारका ३ छोरी र १ छोरा मध्ये छोरालाई ब्लड क्यान्सर देखिएपछि वडा कार्यालयले कागजात सहित कानुनी प्रक्रिया पुरा गरिदिएपछि उपचारमा अभियान सुरु गरिएको जनाइएको छ ।

सहयोगका लागि सम्पर्क नं ९८०६१६४५१८