निगालो काट्ने क्रममा लडेर घाईते भएकालाई हेलिकप्टरबाट उद्धार

म्याग्दीको अति विकट धवलागिरी गाउँपालिका–१ गूर्जामा निगालो काट्ने क्रममा लडेर घाईते भएका एक यूवाको हेलिकप्टरबाट उपचारका लागि पोखरा ल्याइएको छ । निगालो काट्ने क्रमाम चिप्लिएर घाईते भएका २५ बर्षिय धमप्रसाद छन्त्याललाई प्रभु हेलिकप्टरबाट उपचारका लागि पोखराको मनिपाल अस्पतालमा पठाइएको हो । घाईते अवस्थामा स्थानयिले उद्धार गरेर ल्याइएका छन्त्याल खतरामुक्त रहेको स्थानीयको भनाई उद्धित गदैं दिपबहादुर छन्त्यालले बताए ।

उनका अनुसार बुधबार घाईतेलाई हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । घाईतको स्वास्थ्यमा सुधार आएको छ । केहीमहिना अगाडी गाउँपालिकाको अभियानको क्रममा स्वर्गिय हितमान छन्त्यालको तेस्रो स्मृति दिवसको अवसरमा दिप र अम्मर छन्त्यालले हेलिप्याडका लागि जग्गा दान गरेका थिए । हेलिप्याड बनेपछि पहिलोपटक घाईतेको उद्धारमा सहज भएको छ । विगतमा गूर्जा आसपासका क्षेत्रमा अवतरणमा समस्या भएपछि वडा कार्यालयको पहलमा हेलिप्याड निर्माण गरिएको थियो ।