नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल प्रहरीसँगको भीडन्तमा मारिएपछि बदला लिने बताएको छ। विप्लव समूहका  जनकपुर व्युरो इञ्चार्ज अरुणले एक विज्ञप्ति जारी गर्दै सरकारको राज्य आतंक र हत्याको बदला एकीकृत जनक्रान्तिकै माध्यमबाट लिने बताएको हो।

‘लखन्ती खोलामा साथीहरु कुरिरहेको अवस्थामा नियन्त्रणमा लिएर चिनिसकेपछि एक गोली हातमा र अर्को गोली टाउकोमा प्रहार गरी कायरतापूर्वक हत्या गरेको’ जारी विज्ञप्तिमा भनिएको छ।

Leave a Reply