Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

मतदान बाटै विद्यार्थी नेता बनिन् कुसुम पुन

स्कुलको पोशाकमै सुरक्षाकर्मीको भूमिका, भित्तामा उम्मेदवारको तस्वीर सहितको जानकारी, लाइनमा बसेर परिचयपत्र देखाउँदै मतदाता, निर्वाचनका कर्मचारी, पर्यवेच्छक, मतदान केन्द्र बाहिर सर्मथक अनि उम्मेदवारद्धय सुष्मा आचार्य र कुसुम पुनले अन्तिम अवसरका रुपमा हार्दिकतापूर्वक मतदातालाई नमस्कार गर्र्दै गरेको दृष्य । पर्वतबेनीको न्यू होराईजन आवासीय माविको प्राङ्गन भित्रको दृष्य हेर्दा कुनै सार्वजनिक तथा संघसंस्थामा हुने निर्वाचन जस्तै देखिन्थ्यो।

पर्वतको जलजला गाउँपालिका–  ३पर्वतबेनीको विद्यालयमा कुनै सार्वजनिक पदका लागि नभई आफ्नै विद्यालयमा विद्यार्थीको नेता अर्थात क्याप्टेन छनौटका लागि भएको मतदानको दृष्य हो । विद्यालयका हरेक गतिविधिमा सक्रियतापूर्वक सहभागी हुने विद्यार्थीलाई प्रजातान्त्रिक अभ्याससँगै मतदानस्थलमा हुने प्रक्रियाका बारेमा समेत जानकारी गराउने गरी क्याप्टेन छनौट मतदानबाटै भन्ने नारासँगै दुईजना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए । कक्षा ६–१० का मतदाताकाबाट कुमुसम पुनले ८२ मत ल्याउदै विजय भएकी छन् । उनकी प्रतिद्धन्द्धी आचार्यले ६२ मत प्राप्त गरेको निर्वाचन अधिकृत सहायक प्रअ नारायण पौडेलले बताए ।

मतदानलगत्तै मतगणनामा विद्यार्थीले बाहिर बसेर निकै चासोपूर्वक ध्यान दिएर नतिजाको प्रतिक्षा गरेको दुवै उम्मेदवारका सर्मथक फरकफरक स्थानमा बसेको दृष्यबाट शिक्षक समेत दंग गरेका थिए । मतदान अधिकृत शेषराज रेग्मीले अन्तिम मत सार्वजनिक गर्दा भने दृष्य फरक देखिएको थियो । अन्तिम मत सार्वजनिक भएलगत्तै आचार्यको टोली विजय पुनसँगै बसेर विजय मनाइन् ।

निर्वाचनको अवधिमा प्रतिस्पर्धी जस्तै देखिएका मतदाता र उम्मेदवार निर्वाचनको अन्तिम नतिजापछि सबै विजय भएको भन्दै खुसीयाली साटासाट गरे । ‘प्रजातान्त्रिक पद्धतिको प्रयोग गरेका छौ,‘सबैभन्दा पहिलो बधाई नै उम्मेदवारले दिइन्,‘दुवैजनाले विद्यार्थीको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन्’ प्रधानध्यापक अर्जुन पौडेलले भने ।उनका अनुसार मुख्य क्याप्टेन सहित प्रार्थना, विभिन्न सदनमा समेत जिम्मेबारी दिइने छ ।

‘दुवै साथीले सँगै काम गर्छौ,‘विद्यार्थी र शिक्षक बीच पुलको भूमिका निर्वाह गछौ’ बधाई दिदैं आचार्यले भनिन् । त्यस्तै विजय भएकी क्याप्टेन पुनले समेत विद्यार्थीलाई शैक्षिक र अतिरिक्त क्रियाकलापमा सघाउने गरी आवश्यकता अनुसारका गतिविधिमा सक्रिय हुने बताईन् । निर्वाचमा सहभागी दुवैलाई विद्यालयका सञ्चालक समितिका अध्यक्ष दलबहादुर जिसी शिव लगाएतले बधाई ज्ञापन गरेका थिए । मतदानमा १ सय ६२ विद्यार्थी मध्ये खसेको मत १ सय ५०,बदर ६ र अनुपस्थित १२ जना रहेका थिए ।

Exit mobile version