धवलागिरी गाउँपालिकाले दर्जनौ लोकप्रिय कार्यक्रम सहित आर्थिक बर्ष २०७६÷०७७ को नीति तथ कार्यक्रम गाउँसभामा पेश गरेको छ । शनिबार मुनामा आयोजित छैठौँं गाउँसभाको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष थमसरा पुनले समग्र गाउँपालिकाको विकासमा केन्द्रित भएर नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताईन् । नीति तथा कार्यक्रम प्रस्तुत गदैं अध्यक्ष पुनले कृषि, पर्यटन, विकास निर्माण, रोजगार, बन्द भएका खानीको पहिचान गरी उत्खनन् तथा वडास्तरमा रहेका सम्भावनालाई नीति तथा कार्यक्रममा समावेश गरिएको बताइन् । ‘आवश्यकता धेरै छ,‘श्रोतसाधनलाई सबै क्षेत्रलाई समेट्ने प्रयासमा छौ’ पुनले भनिन् ।

गाउँपालिकाभित्र उत्पादनमुखी क्षेत्रलाई केन्द्रित गरी वडा तथा बस्ती सुहाउदो उत्पादनलाई नीति तथा कार्यक्रममा समेट्ने प्रयास गरिएको छ । गाउँपालिकाको प्रवेशद्धार मानिएको धारापानीदेखि विकट गूर्जासम्म रहेका तामाखानी, ढुंगा, स्टेल, यार्सागुम्बा लगाएतका जडिबुटीको प्रर्वधन सहित विश्वकै सातौं अग्लो धौलागिरी हिमाल, ढोरपाटन शिकार आरक्ष, रुकुम जिल्ला जोड्ने सडक, बेरोजगारको पहिचान गरी स्वरोजगारमुखी कार्यक्रममा आर्कषित गर्न एक गाउँ एक उत्पादन लगाएतका योजनाहरु समेटिएको वडा नं १ का अध्यक्ष एवम् गाउँपालिकाका प्रबक्ता झकबहादुर छन्त्यालले बताए ।

गाउँपालिकाको वडा नं ७ रानीबासमा औधोगिक क्षेत्र स्थापनाका लागि जग्गा ब्यवस्थान भइसकेको अवस्थामा पूर्वाधार निर्माण, पर्यटकीयस्थलका मार्गमा पर्ने बस्तीमा होमस्टे, विश्व चर्चित पदमार्गमा प्रदेश तथा संघीय सरकारबाट पूर्वाधारमा बजेट, हरेक नागरिकको बैंक खाता, शिक्षा क्षेत्रको सुधारका लागि बालविकासदेखि माध्यामिक तहसम्म पूर्वाधार विस्तार, विद्यालयलाई प्रविधियूक्त बनाउन इन्टरनेटको सुविधा,शिक्षक दरबन्दी, विद्युतीय हाजिरी र सिसी क्यामेरामार्फत निगरानी, प्राथमिक उपचारका विधिका बारेमा विद्यार्थीलाई शिक्षा, गाउँपालिकाभित्र एम्बुलेन्स सेवा, खेलकुद सहित यूवा केन्द्रित कार्यक्रम, सुनौलो १ हजार दिनका महिलासँग अध्यक्ष र उमेर सान्र्दभिक विवाहलाई जोड्ने विगतको लोकप्रिय कार्यक्रमलाई निरन्तरतता दिइएको छ ।

त्यस्तै भूमीको उपयोग निति अन्तरगत किसानसँगै जनप्रतिनिधि मार्फत कृषि क्षेत्रको प्रर्वधनमा समेत जोड दिइएको छ । गाउँसभामा अध्यक्ष पुनले प्रस्तुत गरेको नीति तथा कार्यक्रम गाउँसभामा सदस्यहरुको अध्ययन तथा छलफलपछि आगामी असार १० गते बर्ने अर्को सभाले पारित गर्ने प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनारले बताए ।

Leave a Reply