प्रसिद्ध प्राकृतिक चिकित्सालयको रुपमा परिचित बेनी नगरपालिका–४ मा अवस्थित तातोपानी कुण्डलाई वामी सेवा समाजले २ लाख ७५ हजार बरबारको ह्वलचियर सहयोग गरेको छ । कुण्डमा स्नान गर्न आउने अपाङलाई सहज हुने गरी निर्माण गरिएको संरचनालाई मध्यनजर गरी समाजले एक कार्यक्रम गरी ह्वलचियर हस्तान्तरण गरेको हो ।

विभिन्न अस्पतालमा उपचारपछि थकित भएर आएका अपाङ्ग विरामीले ल्याएको ह्वलचियर आवतजावतमा सहज नभएपछि कुण्डभित्र प्रयोग गर्ने गरी एनआरएनए प्यासिफिक संयोजक कपिलदेव थापाको पहलमा वामी सेवा समिति जापानले सहयोग गरेको कुण्डका सहसचिव कुमार केसीले बताए । सहयोग हस्तान्तरण कार्यक्रममा कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले विरामीको सहयोगमा सहज हुने गरी प्राप्त सहयोगलाई सदुपयोग गर्ने बताए । उनले कुण्डभित्र विरामीबाट विभिन्न किसिमका सहयोग प्राप्त भएको बताए ।

स्वदेश तथा विदेशका ठुला अस्पतालमा प्याथोलोजी र आयूर्वेदिक उपचार पद्धतिबाट समेत रोक निको नभएपछि आजित भएर अन्तिम विकल्पको रुपमा कुण्डमा विरामी आउन थालेपछि राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा समेत चर्चा कमाउन सफल भएको छ । ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, नसा तथा शरीरमा देखिएका विभिन्न किसिमका रोगको निको भएको देखेर सहयोग गरेको वामी सेवा समाजले जनाएको छ ।

वीरेनून र गन्ध (सल्फर) तत्व सहितको ४५ देखि ५७ डिग्री सेल्सीयस तातोपानी निस्कने मुहान रहेको छ । गन्धक आँफैमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुन्छ । घाउ चोटपटक लागेको ठाउँमा पानीमा नुन राखेर तातो बनाई कृतिम रुपमा सेक्ने चलनलाई आधुनिक चिकित्सा विज्ञानले पनि स्वीकार गरेको अवस्था छ ।

Leave a Reply