विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दले म्याग्दीको जनजीवन प्रभावित बनेको छ । सरकारले प्रतिबन्ध लगाएको नेकपाले आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड, मुडभेडको नाममा इन्काउन्टर गरी कार्यकर्ताको हत्याको विरोधमा मंगलबार आयोजित बन्दका कारण म्याग्दीको सदरमुकाम बेनी सहित जिल्लाका ब्यापारिक केन्द्रका अधिकांस पसल बन्द अवस्थामा छन् ।

बन्दका बाबजुत बेनी आसपासमा फाटफुट मोटरसाईकल चलेपनि अन्य सार्वजनिक यातायातका साधन सञ्चालन भएका छैनन् ।बन्दका कारण म्याग्दी भित्रका ग्रामिण सडसंगै जिल्ला बाहिर जाने यातायातका साधन सञ्चालन हुन सकेका छैनन् भने कल कारखाना, पसल,शैक्षिक संस्था पूर्णरुपमा बन्द भएका छन् । बन्दलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको म्याग्दी प्रहरीले जनाएको छ। बन्दबाट म्याग्दीमा कुनै घटना भने भएको छैन् ।

म्याग्दीमा विप्लवका धौलागिरीस्तरीय नेता रहेकाले पनि अन्य जिल्ल भन्दा प्रभावित जिल्लाको रुपमा चिनिन्छ । यसैबीच जिल्लाका शिक्षण संस्थालाई फोन गरेर बन्दमा सञ्चालन नगर्न समेत कार्यकर्ताले दवाव दिएको बुझिएको छ ।

Leave a Reply