म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ मा सबै जनताको साथमा पुग्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरमा सोमबार भएको सातौ गाउँसभाको अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गदैं गरिब तथा विपन्नलाई निशुल्क स्वास्थ्य विमा, शैक्षिक साम्रागी सहयोग, सुन्य दरबन्दीका विद्यालयलाई शिक्षक ब्यवस्थापनमा सहयोग, एक गाउँ एक उत्पादन, अर्गानीक गाउँपालिका, बेरोजगारीलाई रोजगार लगाएत जनताका घरदैलोमा सेवा पुग्ने गरी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ ।

गाउँभसामा गाउँपालिका उपाध्यग सिर्जना केसीले चालुतर्फ २३ करोड सात लाख ९२ हजार ६ सय र पूँजीगततर्फ ११ करोड ९५ लाख ९९ हजार रुपैयाँ गरि कुल ३५ करोड तीन लाख ९१ हजार ६ सय रुपैयाँको बजेट सार्वजनिक गरेकी छन् । कुल विनियोजन मध्ये चालुतर्फ कुल ६५.८७ प्रतिशत र पुँजीगततर्फ ३४.१३ प्रतिशत रहेको छ ।पदाधिकारी, कर्मचारी तलबभत्ता, कार्यालय प्रयोजन, इन्धन, शैक्षिक संस्थालाई अनुदान लगाएत प्रशासनीक प्रकृतिका चालु खर्च ५ करोड ८१ लख रहेको छ । गाउँपालिकाले प्रस्तुत गरेको बजेटमा संघीय र प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, चालु आवमा खर्च हुन नसकेका बाँकी बजेट, आन्तरिक स्रोत ब्यवस्थापन लगाएतलाई बजेटका आधार मानिएको छ ।

गाउँपालिकाले कृषि, पर्यटन, जलविद्युत, शिक्षा, महिला तथा यूवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ । गाउँपालिकाको केन्द्र बावियाचौरलाई सबै वडाको सडक सञ्जालसँग जोड्न तथा स्तरउन्नतीका लागि तीन करोड ९६ लाख ५० हजार, विद्यालय र सामुदायिक भवनका लागि ८६ लाख रुपैयाँ बजेट बिनियोजन गरेको मंगलाले एक घर एक धारा को अवधारणा अनुसार सबैको घरमा धारा पु¥याउने लक्ष्य राखिएको छ ।

खानेपानी तथा सिचाई आयोजना, कृषि तथा पशुपालन, बावियाचौर ढल निकास, विपद् र जटिल रोगबाट ग्रसित भएकालाई सहायताका लागि समेत बजेट विनियोजन गरिएको छ । सामुदायिक विद्यालयमा सबैभन्दा ठूलो समस्याको रुपमा देखिएको दरबन्दीको समस्यालाई समाधान गर्न चालु आवजस्तै लागत सहभातिगाको आधारमा सुन्य दरबन्दी भएका विद्यालयलाई ३२ लाख ५० हजार विनियोजन गरिएको छ ।

 

शैक्षिक कार्यक्रमलाई सघाउन वडा अध्यक्षसँग शिक्षा, सामुदायिक विद्यालयको सिकाई उपलब्धीलाई बृद्धि गर्न प्रविधिको प्रयोग, उपाध्यक्षसँग महिला र गाउँपालिका अध्यक्षसँग विपद् कार्यक्रम, मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा मंगला संग्रालय बनाउने उल्लेख छ । गाउँपालिकाभित्रको पर्यटन क्षेत्रमा ५२ लाख ५० हजार विनियोजन गरिएको छ भने आर्कषक, मनोरम र सहासिक पर्यटकीय गन्तब्यको रुपमा स्थापित गर्न टोड्के, झाँक्रीपानी र चिनाकोट र चाँगा लगाएत पर्यटक र प्रचारप्रसार गर्ने गरी पर्यटन प्रर्वधन, पुलचोक गहँते भाँक्रीपानी पर्यटन पदमार्गको निर्माणलाई समेत प्राथमिकता दिइएको छ।

गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमा वडाअध्यक्षहरू डेगबहादुर राम्जाली, धनबहादुर खाती, कबिन्द्र रोका, ओमबहादुर रोका, भुपेन्द्र खत्री, गाउँसभा सदस्य जितमान गौचन, राजु पाण्डे लगायतले सुझाव दिएका थिए । बजेट तथा नीति तथा कार्यक्रमलाई आगामी असार २० गते बोलाइएको गाउँसभाबाट बजेट पारित गरिने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताए ।

Leave a Reply