म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थान जरर्जरामा घाँस काट्दै गरेको अवस्थामा एकजनाको ज्यान गएको छ । आइतबार साँझ घास काट्न गएका सुजन बसेलको घाँस काटने क्रममा मृत्यु भएको जनप्रयि मावि दरबाङका शिक्षक नगेन्द्र खत्रीले बताए । उनका अनुसार विद्यालयमा कक्षा ९ मा अध्ययरत बसेलको मृत्युले स्तब्ध भएको बताए । मृतक बसेलको अन्त्येष्टिसँगै सोमबार विद्यालयमा एक कार्यक्रम गरी शोक मनाउँदै प्रधानध्यापक दिवाकर सुबेदीले मेहनती विद्यार्थीलाई गुमाउनुपरेको बताएका थिए ।

उनले जोखिम मोलेर घरायसी तथा अन्य काम नगर्न समेत विद्यार्थीलाई अनुरोध गरेका थिए । घाँस काट्न भीरमा जाँदा बर्खाको समयमा बर्षाले चिप्लो हुने भएकाले पनि मानवीय क्षतीको सम्भावना अत्याधिक हुने भएकाले पनि भीरपाखामा घाँस काट्ने कार्यलाई रोक्न समेत अभिभावकलाई समेत सचेत बनाउने विद्यालयले जनाएको छ । ग्रामिण क्षेत्रमा कलिला बालबालिका समेत घाँसदाउरा संकलन गर्न जंगलमा जाने गरेकाले पनि दुर्घटना हुने गरेको छ ।

Leave a Reply