म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र मुस्ताङ जिल्लाको सिमाना काभ्रेभीरमा शंकास्पद प्रेसर कुकर भेटिएको छ। बेनी–जोमसोम सडकको जोखिमयुक्त निर्माणधीन काभ्रेभीरको सडक छेउमा प्रेसर कुकर र खतरा लेखिएको सेतो खाली बोरा भेटिएको दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बताए । उनका अनुसार सडक छेउ राखिएको प्रेसर कुकुर बम भएको शंकामा डिस्पोज गर्न जोमसोमस्थित बज्रदल गणको टोली घटनास्थल पुगेको थियो । प्रेसर कुकरमा बालुवा र माटो भेटिपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

बन्दको बेलामा आवतजावत गर्ने सवारीसाधनलाई लक्षित गरी राखिएको हुनसक्ने अनुमान गरिएको छ । यसैबीच आफ्ना नेताकार्यकर्ताको हत्याको विरोधमा विप्लव माओवादीले गरेको बन्दको प्रभाव बेनी जोमसोम सडकखण्डमा समेत देखिएको छ । बन्दका कारण मुस्ताङबाट छुट्न यातयातका सवारीसाधन ठप्प भएपनि छिमेकी मुस्ताङमा भने आन्तरिक यातायात नियमित रहेको छ ।

Leave a Reply