गरिमा विकास बैंक बावियाचौर शाखाले मंगला माविलाई विद्युतीय फिल्टर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा आयोजित कार्यक्रममा मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मंगला गापाभित्र आर्थिक कारोबारसँगै शिक्षा, स्वास्थ्य लगाएत सामाजिक क्षेत्रमा समेत योगदान पु¥याउने उदेश्यले विभिन्न कार्यक्रम गरिएको बताइएको थियो

।सहयोग हस्तान्तरण कार्यक्रमको अवसरमा शाखा प्रबन्धक सुर्यबहादुर रानाभाटले शाखमार्फत विद्यालयमा वित्तिय साक्षरता कार्यक्तमसँगै विभिन्न रचनात्मक कार्यहरुलाई समेत प्राथमिकता दिने बताए । उनले गाउँपालिकासँग समन्वय गरी सामाजिक सुरक्षा भत्तालाई घरदैलो सहित सम्रग बैकिङ गतिविधिमार्फत सेवाग्राहीको सेवा गर्ने बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर अधिकारी, प्रधानध्यापक गमबहादुर खत्री लगाएतको सहभागिता रहेको थियो । करिव ३० हजार बराबरको पानी प्रशोधन गर्न मिल्ने दुईथान पिल्टर उपलब्ध गराइएको शाखाले जनाएको छ । म्याग्दीमा सबैभन्दा धेरै सेवाग्राही भएको बैंकको सदरमुकाम बेनी, पश्चिम म्याग्दीको बावियचौर, दरबाङ, उत्तरी क्षेत्रका जनतालाई लक्षित गरी पोखरेबगरमा शाखा रहेको छ ।

 

Leave a Reply