शम्भु राइले आफ्नो श्रीजना चोरिएको भन्ने धारणा राख्दै सहमतिको बाटो मा अघि बढ्न पर्ने जोड दिदै आएका थिए। यसै बीच यसै गीतका कारण सुभचिन्तक हरु २ भागमा बाडीएर गालि गलौच गर्ने सम्मको हर्कत सामाजिक संजाल मा हुदै आएको थियो। जातीय विभेद र जातीय गालि सम्म पुगेको यस गीतको बिबाद संसद सम्म पुगेको थियो। एक व्यक्तिले सामाजिक संजालमा प्रकास सपुत लाइ जातीय गालि गरेपछि यो बिबाद झन् उग्र बन्दै गलत दिशा तर्फ पुगेको थियो। तर अन्तत दुवै सर्जक बीच सहमतिमै बिबाद टुंगिएको छ।

चार ओटा बुदामा सहमति गर्दै प्रकाश सपुत र शम्भु राइले प्रेस बिज्ञप्ति जारि गदै सहमतिमा पुगेको छ भने दुवै आपस सेल्फी खिचेका छन्। सहमति अनुसार गलबन्दी लोकदोहोरीको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी शम्भु राईको समेत नाम समावेश गर्ने सहमति भएको छ । गलबन्दीले प्राप्त गर्ने आर्थिक लाभ र रोयल्टीमा भने शम्भु राईको हकदाबी नहुने समेत सहमतिमा उल्लेख छ । सहमतिपछि शम्भु राईले विभिन्न निकायमा दिएका उजुरी फिर्ता लिने सहमति समेत भएको छ । सहमतिपत्रमा दुवैले हस्ताक्षर गरेका छन् ।

Leave a Reply