चरम गरिबीकै कारण बुबाले आत्महत्या गरेपछि पढाई छोडेर मेलापातमा जाने गरेकी अन्नपूर्ण गाउँपालिका–१ दोबाकी कुमारी राम्जाली र उनका भाईबहिनीको शिक्षादिक्षाका लागि हङकङमा बसोबास गर्ने दोबाबासीले आर्थिक सहयोग गरेका छन् ।

दैनिकज्याला मजदुरी गरेर जीविका चलाउँदै ओमबहादुरले आफ्नो कमाईले श्रीमति, पाँच छोराछोरीलाई पेटभरी खानसमेत दिन नसकेको पीरले राम्जालीले सुटुक्क घरबाट निस्किएर आत्महत्या विचल्लीमा परेका राम्जालीका बारेमा बेनीअनलाइनमा समाचार प्रकाशित भएपछि दोबा समाज हङकङले राम्जाली परिवारलाई १ लाख १३ हजार ८ सय ८० रुपैयाँ सहयोग बुधबार बेनीमा एक कार्यक्रम गरी दोवा सम्पर्क समाजले हस्तान्तरण गरेको हो ।

बेनीको कालिपुल बसपार्कको न्यू मुस्ताङ लेते होटलमा आयोजित कार्यक्रममा सम्पर्क समाजका अध्यक्ष गोपाल पूर्जा र कार्यसमितिका सदस्यले पीडित राम्जालीको परिवारलाई हस्तान्तरण गदैं आर्थिक अभावका कारण गाउँमै समस्यामा परेको बारेमा समाचार प्रकाशित भएपछि सहयोग संकलन गरिएको बताएका थिए । सोही अवसरमा सम्पर्क समाजको तर्फबाट शैक्षिक पोशाक खरिदमा ५ हजार र सम्पर्क समाजका अध्यक्ष पुर्जाले समेत ब्यक्तिगत रुपमा ५ हजार सहयोग गरेका थिए।

‘समाचार पढ्दा भाबुक बने,‘पीडालाई सञ्चारमाध्यमले स्थान दिएपछि सहयोग जुटाउन सक्रिय छौ’ सम्पर्क समाजका पुर्जाले भने । उनका अनुसार हङकङ बाहेक यूके लगाएतक क्षेत्रमा समेत सहयोग संकलन भइरहेको बताउँदै संकलित रकमलाई सदुपयोग गर्न अनुरोध गरे । सहयोग हस्तान्तरण कार्यक्रमका बारेमा स्वागत सदस्य मायाँकुमारी पुन, सञ्चालन सम्पर्क समाजका सचिव खड्कप्रसाद पुनले गरेका थिए ।

यता गरिबीका कारण अमबहादुरले संसार छोडे पनि उनको परिवारलाई दुःखले छोडेको छैन् । समाचार प्रकाशित भएपछि अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर गर्बुजा पुनले तत्काल १० हजार सहयोग गदैं भविस्यमा पनि थप सहयोगको प्रतिबद्धता जनाएका थिए भने छत्रपाटी निःशुल्क चिकित्सालय काठमाण्डौले ५० हजार कुमारीको नाममा गरिमा विकास बैंक पोखरेबगर शाखामा खोलिएको खातामा जम्मा भइसकेको छ ।
सहयोगदाताको विवरण

 

Ruk maya pun 300 $

Kumari purja 300 $

Leave a Reply