पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँसभाको आजको बैठकमा गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्व सम्मत रुपमा पारित भएको हो । गाउँपालिकाले पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, स्वास्थ्य, कृषि, पशुपालन, खानेपानी, सरसफाई, पर्यटन विकास लगायतका विषयलाई प्राथमिकतामा राखेको छ ।

लक्षित समूदायको आर्थिक हैषियत उकास्ने लक्ष्य लिएको छ । योजना छनौटमा जनसहभागिता बृद्धि गर्ने, सन्तुलित र न्योचित विकास गर्ने गाउँपालिकाको योजना रहेको छ । अध्यक्ष मल्लले जडिबुटि खेती प्रवर्दन गर्ने, स्थान्ीय स्रोत साधानहरुको समूचित प्रयोग गर्ने, जलविद्युत र उद्योग कलकारखाना सञ्चालन गर्ने विषय पनि प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । अघिल्लो वर्षहरुमा विकासको जग वसालेको र अवको समय जग उकास्ने काममा ध्यान दिने अध्यक्ष मल्लले प्रस्तुत गरेको कार्यक्रममा उल्लेख गरिएको छ ।

गाउँपालिकाले सबै वडामा सहज सडक बनाउने, सबैको पहुँचमा शिक्षाको अवसर सिर्जना गर्ने, कर घटाउने र दायरा बढाउने लक्ष्य लिएको छ । ढुंगा, गिटी, वालुवाको उत्खननमा कडाई गर्ने गाउँपालिकाको कार्यक्रम रहेको छ । तरकारी खाद्यन्न र फलफुलका पकेट र व्लक बिस्तार गर्ने, संकलन केन्द्र र चिस्यान केन्द्र बनाउने, सबै स्वास्थ्य चौकीहरुको स्तरउन्नती गर्ने कार्यक्रम गाउँपालिकाले सार्वजनिक गरेको छ । सफा शौचालय सफा गाउँ घर, बनाउने हाम्रो ध्यान नारा दिएर सरसफाईमा बिशेष जोड दिईएको छ ।

फलामेडाँडाबाट केवलुकार चलाउने योजना समेत गाउँपालिकाले बनाएको छ । कालीगण्डकीमा ५० मेगावटको जलविद्युत आयोजनाको संभाव्यता अध्ययन भैसकेको र आगामी वर्ष काम शुरु गर्ने योजना रहेको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।
बैँक तथा वित्तिय संस्था र सहकारीको विकासमा पनि गाउँपालिकाले जोड दिएको छ भने सूचना र सञ्चारलाई पनि नीति तथा कार्यक्रमले जोड दिएको छ । गाउँपालिकामा आर्थिक उपार्जनका नयाँ नयाँ संभावना खोजी गरि नागरिकहरुको जीवनस्तर उकास्ने गाउँपालिकाले योजना बनाएको छ । दलित, महिला, जनजाती, बालबालिका, जेष्ठ नागरिक, यूवाहरुका लाष् िविशेष कार्यक्रम समेत गाउँपालिकाले आगामी आर्थिक वर्षमा सञ्चालन गर्ने सोचमा रहेको छ ।

आदरणीय गाउँसभाका सदस्यहरु,
उपस्थित सम्र्पुण अतिथिगण,
सम्पुर्ण कर्मचारीहरु तथा
उपस्थित सम्पुर्ण महानुभावहरु

नेपालको संविधान, वमोजिम स्थानिय तहको गठन भै चुनाव सम्पन्न भएको दुई वर्ष भन्दा वढी भैसकेकोछ । राष्टहित, लोकतन्त्र, र अग्रगामी परिवर्तनको लागि नेपाली जनताले पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै देशलाई आमुलरुपमा परिवर्तन गरी सामाजिक रुपान्तरण गर्ने अदम्य उत्साह, आँट, जोश, जाँगर र साहसका साथ राष्ट्र र जनताको समग्र उत्थानका लागि समृद्ध नेपालको सुन्दर सपना वोकेर आफ्नो जीवन उत्सर्ग गर्ने नेपाल आमाका सन्तती, सम्पूर्ण ज्ञात अज्ञात वीर शहीदहरुप्रति हार्दिक श्राद्धाञ्जली समर्पण गर्दछु । संवैधानिक रुपमा अधिकार र स्रोत साधनसम्पन्न स्थानीय तहको गठन पश्चात आमजनताको नजिकमा रहेर विकास निमार्ण एवं सेवाप्रवाह गर्न हामी संधै तत्पर रहदैै आएका छाँै । हाल देशमा राजनीतिक रुपमा स्थायित्व कायम भएको, विकासका गतिविधिहरु फस्टाउने सम्भावनाहरु देखिएका छन । आर्थिक वृद्धिको माध्यमवाट आर्थीक विकास गर्नु हाम्रो प्रमुख अभिभारा रहेको छ । जनतामा विकासप्रतिको तीव्र चाहना रहेको छ । सोहि चाहानालाई पुरा गर्नका लागी जनप्रतिनिधिमार्फत स्थानीय तहमा नै जवाफदेहिता, पारदर्शिता, उत्तरदायित्वको अभ्यास हुने अपेक्षा सवैको रहेको छ । सुशासनको वृद्धि गर्दै, समावेशिकरणका माध्यमवाट, सामाजिक विभेदको अन्त्य गर्दै स्थानीय तहको क्षमता विकास गर्न प्राथमिकता दिइने छ । हामिले पदवहाली गरेपश्चातका विगतका अनुभवलाइ समेटदै विभिन्न क्षेत्रवाट प्राप्त सुझावहरुलाई अवलम्व्न गर्ने प्रयास गर्दै जलजला गाँउकार्यपालिका द्धारा स्वीकृत गरी आगामी आर्थीक वर्षको मार्गदर्शक दस्तावेजको रुपमा रहेको आ.व ७६।७७ को वार्षिक नीति तथा कार्यक्रम घोषणा गर्न पाउँदा म निकै हर्षित एवम् गौरवान्वित छु ।

उपस्थित सम्पुर्ण महानुभावहरु,
गाँउपालिकाले महशुस गरेका मुलभुत समस्याहरु देहाएवमोजिम रहेका छन ।

 लक्षित समूहहरुमा जीवन–यापनका आधारभूत सीप प्रदान गरी आय–आर्जन वृद्धि गर्नेखालका कार्यक्रम छनौट र कार्यन्वयन गर्न चुनौती देखिएको छ ।
 सीमित स्रोत र साधनको कारण गाउँपालिकाको पूर्वाधार तयार गरी संस्थागत विकास तथा सुधार गर्न चुनौतीपूर्ण छ ।
 स्थानीय टोल, बस्ती र समुदायको परिचालन र सहभागिता बाटै सम्बोधन हुन सक्ने स–साना योजनाका मागहरु सम्बोधन गर्नुपर्ने अवस्था छ ।
 योजना छनौट प्रक्रियामा सचेतनाको अभावले प्रतिफल नदिने र अनुत्पादक क्षेत्रका योजनाहरु माग हुने विषयमा पर्याप्त सचेतना पु¥याउन सकिएको छैन ।
 जनसहभागितामा आधारित, सन्तुलित र न्यायोचित विकास गर्ने कार्य चुनौतीपूर्ण छ ।
 पूर्वाधारको अभाव तथा सेवा उद्योगको अभावमा पर्यटन प्रबद्र्धन गर्ने कार्य चुनौतीपूर्ण छ ।
 आयोजना सञ्चालनमा जनसहभागिता वृद्धि गर्दै पारदर्शीता, जवाफदेहिता, सुशासन र आयोजना प्रति अपनत्व अभिवृद्धि गर्ने कार्य चुनौतीपूर्ण देखिएको छ ।
 गाउँपालिकाको अधिकार क्षेत्रभित्रको कर संकलन गर्न करदाताहरुको अपेक्षित सहयोग प्राप्त गरी आन्तरिक आय अपेक्षित रुपमा वृद्धि गर्नु चुनौतीपूर्ण छ ।
 गाउँपालिकाको क्षमता र जन अपेक्षा बीच ठूलो अन्तर रहेको छ ।

 भौगोलिक अवस्थीती, सडकको अवस्थाका कारण समयमै अनुगमन र मुल्यांकन गर्नका लागि चुनौति रहेको छ ।
 संविधान प्रदत अधिकार कार्यान्वयनका लागी जनउत्साह वमोजिम संविधान र स्थानिय सरकार सञ्चालन ऐन वमोजिम प्रयोग गर्न नसक्दा जनताका अपेक्षा वमोजिम कार्य सम्पादन गर्न सकिएको छैन ।
 गाँउपालिकाले तर्जुमा गरेका कार्यक्रमहरु कार्यान्वयनका क्रममा कतिपय निकायवाट प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग प्राप्त नहुनु ।

उपस्थीत महानुभावहरुः
अव म यस जलजला गाउँपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
समग्र नितिः
जलजला गाँउपालिकाले चालु आर्थीक वर्षमा उपलव्ध स्रोत र साधनको प्रयोग गरी पुर्वाधार विकास, आर्थीक विकास, सामाजिक विकास, विपद व्यवस्थाप एवं सुशासनका क्षेत्रमा उल्लेखीय रुपमा गर्दै आएको छ । जलजला गाउँपालिकाले यस गाउँपालिकामा सर्वसाधारण जनताले प्रत्यक्ष अनुभुत गर्ने सक्ने गरी हालसम्म प्राथमिकतामा रहेको पुर्वाधार क्षेत्रका अलावा आर्थीक विकास, सामजिक विकास, सुशासन एवं विपद व्यवस्थापनका क्षेत्रमा समेत योजना तर्जुमा गर्ने, स्थानीय जनतालाई योजना तर्जुमा साथै कार्यान्वयनमा प्रत्यक्ष सहभागी गराउने, मागमा आधारित कार्यक्रम तथा विकास गतिविधिहरु सञ्चालन गरी यस क्षेत्रका आर्थीक विकास गर्न, गरीव, दलित, विपन्न, महिला, एकल महिला, फरक क्षमता , जनजाती , ज्येष्ठ नागरीक, वेरोजगार लगाएतका पक्षलाई विकासको मुलप्रवाहमा संलग्न गराई आर्थीक तथा समाजिक विकास गर्नका लागि गाँउपालिका अध्यक्ष हातेमालो कोष स्थापना गरी घुम्तीकोष तथा आयआर्जनका कार्यक्रममा परिचालन गरीने छ” आगामी आर्थीक वर्षमा व्यक्तिगत तथा सामुदायीक स्वास्थ्य एवं सरसफाइलाई ध्यान दिदै “ सफा शौचालय, सफा गाँउ घर, वनाउने हाम्रो ध्यान, समृद्ध नमुना जलजला निमार्णमा हाम्रो अभियान” भन्ने नीति लाई प्राथमिकता दिइएको छ । संविधान एवं मानवअधिकार र मौलिक अधिकारको प्रभावकारी कार्यान्वयनका लागी जोड दिइने छ । “समृद्ध नेपाल सुखी नेपालीको” राष्ट्रिय लक्ष्य प्राप्त गर्ननेपालको संविधानले दिएका अधिकारहरुको अक्षरस पालना गरे मात्रै सम्भव हुनेछ । जसका लागी स्थानीय तहहरुलाई स्वतन्त्र रुपमा अधिकारको प्रयोग गर्ने वातावारण सिर्जना गर्न सम्वन्धीत सवैको दायित्व रहेको छ ।

नेपाली जनताको अथक तथा लामो प्रयाशपछि राष्टले नयाँ संविधानको कार्यान्वयन गर्ने सन्दर्भमा यस गाउँसभा मार्फत सम्पूर्ण गाउँवासी दाजुभाइ तथा दिदीबहिनीहरुका तर्फवाट संविधान निर्माणप्रतिको उत्कृष्ट अभिलासा र दिगो शान्तिप्रतिको असीम चाहनालाई संबोधन गर्ने प्रयासस्वरुप जलजला गाउँपालिकाको शिर जलजलादेखि कालीगण्डकीको उर्लदो जोश अनि यस क्षेत्रको भौगोलिक विविधता तथा बहु साँस्कृतिक पहिचान तथा परिवेशमा हामी गोलबन्द छौं । इतिहासको महत्वपूर्ण यस महान कार्यको लागि हामी यस क्षेत्रका उच्च राजनैतिक नेतृत्वतहलाई समेत सम्झन चाहान्छौं । मुलुक अहिले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै दिगो शान्ति र सर्बाङ्गीण बिकासतर्फ अग्रसर हुँदैछ । समृद्ध आधुनिक र न्यायपूर्ण नेपालको अवधारणासहित मुलुक नयाँ संरचना सहित नयाँ युगमा प्रवेश गरेको सन्दर्भमा स्थानीय सरकारको हैंसियतले आफ्नो क्षेत्रभित्रको सीमित स्रोत साधनहरुको अधिकतम परिचालन गरी जनताका आवश्यकता र चाहानाको प्रत्याभुत गर्न, राजनितिक परिवर्तनलाई संस्थागत गर्न र राज्यप्रति जनविश्वाश वृद्धि गर्न, नागरीक अभियानहरुको एजेण्डालाई संस्थागत गर्न, संघिय लोकतान्त्रीक शासन व्यवस्थालाई सफल वनाउने निति लिइएको छ । हाम्रो लक्ष्य प्राप्त गर्ने क्रममा यस गाँउपालिका भित्र सञ्चालन भएका कार्यक्रमहरु कार्यान्वयनका लागी सवै पक्षवाट प्राप्त सहयोग अनुकरणीय रहेको छ । यसका लागी खटिने हाम्रा जनप्रतिनिधी लगायत सम्पुर्ण राजनितिककर्मी, नागरीक समाज, पत्रकार , कर्मचारी एवं सम्पुर्ण जनताहरुमा हार्दीक आभार व्यक्त गर्न चाहान्छु ।
पुर्वाधार विकासः
सहभागीतामुलक विकासनै आजको आवश्यकता रहेको हामी सवैले वोध गरेको विषय हो । विगतमा विकास निर्माणको कार्यमा जनताको प्रत्यक्ष सहभागीता र अपनत्व श्रृजन गर्न कानुनतः प्रवन्ध गरीएकोमा कार्यान्वयनमा केहि समस्या देखिएका छन । आगामी आ.व देखी विगतका कमिकमजोरीलाई हटाउदै अनिवार्य नगद र श्रम सहभागितामा जोड दिइने छ । उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्ने योजनाहरुमा जनसहभागीतालाई अनिवार्य गरीनेछ । साथसाथै सार्वजनिक खरिद ऐन र नियमयावली वमोजिम ठेक्का प्रणाली अवलम्वन गर्दै लगीने छ । गाउँपालिकामा पुर्वाधार विकासको जग वसेको छ । आफनो श्रोत र साधनले सक्ने प्रकृतिका पुर्वाधार क्षेत्रका योजना क्रमश कार्यान्वयन गर्दै लगीने छ । पुर्वाधार विकासका क्रममा संघिय सरकार देखी स्थानिय तहसम्म तर्जुमा भएका मापदण्डको कार्यान्वयन अनिवार्य गरीनेछ । क्रमागत रुपमा रहेका योजनाहरुलाई निरन्तरता दिइनेछ । कतिपय संरचनाहरु स्तरवृद्धि गर्न आवश्यक भैसकेको छ । यस्ता विकासका पुर्वाधारहरुको स्तरउन्नती एवं विकास गर्न गाँउपालिकाको श्रोतले मात्रै सम्भव नहुने हँुदा प्रदेश एवं सघीय सरकारको तहमा पहल गरिनेछ । संघिय र प्रदेश सरकारवाट सञ्चालन हुने योजनाहरुलाई समन्वयात्मक रुपमा कार्यान्वयन गरीनेछ । मुल सडकवाट प्रत्यक वडा कार्यालय सम्म ढलान एवं सडक कालोपत्रे गर्नका लागी पहल गरीनेछ । कम्तीमा पनी वर्षको ८ महिना ग्रामीण सडकहरुमा निर्वाध रुपमा वस सञ्चालनका लागी प्रयास गरीनेछ । कालीगण्डकी लोकमार्गलाई नागलीवाङ , धाइरीङ , मोहनचोक मल्लाज हुँदै वाँसखर्क घुमाउनेताल तर्फ वाट राजमार्ग जोडन शुरुवात भएको छ । गाँउपालिकाम रहेको जिर्ण झोलुङगे पुलहरुको स्तरउन्नती एवं आवश्यक स्थानमा नयाँ झोलुङगे पुल एवं मोटरेवल पुल निमार्णका लागी पहल गरीनेछ ।
कृषी एवं पशु क्षेत्रः
जलजला गाउँपालिकामा, ताजा तरकारी कृषि अन्न तथा वालीहरु उत्पादनको लागि राम्रो सम्भावना रहेको छ । यस क्षेत्रमा अनुकुल समयमा उत्पादन हुने ताजा तरकारी, आलु, धानँ, मकै, व्यवसायीक तरकारी, लगायतका अन्नको उत्पादन बढाउने तर्फ आवश्यक कार्यक्रमहरु ल्याइनेछ । पशुपालनको रुपमा वाख्रा, पशुजन्य वस्तुको व्यवसायिक उत्पादन गरी पशुजन्य उत्पादन अभिवृद्धि गर्नुका साथै निर्यात गर्नेतर्फ कार्यक्रमहरु ल्याइनेछ । पशुजन्य उद्योगहरु स्थापना गर्न प्रोत्साहन दिइनेछ । कृषी तथ पशु र्फमहरु निमार्ण गर्न प्रोत्साहित गरीनेछ । यस्ता र्फमहरु स्थापनाका लागी साझेदारी एवं अनुदानका कार्यक्रम सञ्चालन गरीनेछ । वडा नं. ६, ७ , ८ र ९ मा ताजा तरकारीको उत्पादन वृद्धि गर्न मल, विउ, कृषी साधान अनुदानमा वितरण गर्ने कार्यक्रमलाइ निरन्तरता दिइनेछ । राष्ट्रीय स्तरमा प्रतिष्ठीत वडा नं. १ मा रहेको सुन्तला खेतीलाई अन्तराष्ट्रिय स्तरमा प्रर्वद्धन गर्न पहल गरीनेछ । वडा नं. ५,६, ८ र ९ मा आलु खेतिलाई प्रर्वद्धन गरीनेछ । उपल्लो भेगको केहि क्षेत्र एवं वडा नं. २,३,४ मा धान तथा वेमौसमी तरकारी एवं फलफुल उत्पादनका लागी किसानसंग गाँउपालिका कार्याक्रम सञ्चालन गरीनेछ । चालु आ.व मा कृषी एवं पशु क्षेत्रमा दिइँदै आइएको अनुदानलाई वृद्धि गर्दै लगिनेछ । नगदेवालीको रुपमा रहेको तरकारी एवं पशुजन्य उत्पादन एव वजारिकरणका लागी पहल गरिनेछ जसका लागी गाँउपालिकाका जनताको समेत सहयोगको अपेक्षा गरिएको छ । पशुविमा कार्यक्रम सञ्चालन गर्नका लागी पहल गरीनेछ । वाख्रापालनलाई आधुनीक वनाउन कृषकहरुलाई प्रोत्साहन स्वस्प वोयर र खरी जातका वोका नश्ल सुधार कार्यक्रम अन्तर्गत अनुदानमा दिइनेछ । उत्पादीत कृषी उपज भण्डार गर्नका लागी चिस्यान केन्द्र निमार्ण गर्न पहल गरीनेछ । गाँउपालिकाका सवै क्षेत्रमा सिचाइ कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।
पर्यटनः
जलजला गाउँपालिकाको खासगरी जलजला सिमसार क्षेत्रमा पर्ने हम्पालमा आन्तरिक पर्यटकको सम्भावना वृद्धि गर्न विगतमा समेत राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पहिचानका लागी पहल गरीएको थियो । जलजला सिमसार क्षेत्रको भुभाग जलजला गाँउपालिका ,मोदी गाँउपालिका साथै सो भुभाग पर्ने अन्य स्थानीय तहमा समेत फैलिएको हुँदा सो क्षेत्रको विकासका लागी अन्तर स्थानीय तह समन्वय गरीनेछ । साथै यस क्षेत्रको विकासका लागी निजि क्षेत्रको समेत सहयोगको अपेक्षा गरीएको छ । लगानी गर्न चाहाने निजिक्षेत्रका लागी कानुनको परिधिभित्र रहेर गाँउपालिकाले विशेष सहयोग गर्नेछ । मिलनचोक, भुमेथान र जलजला सिमसार क्षेत्र जोडनका लागी केवलकार एवं जलजला सिमसार क्षेत्रमा ताल निमार्ण गर्नका लागी र्पुव सम्भाव्यता अध्ययन गर्न पहल गरीनेछ । प्रभावीत क्षेत्रका जनताले लगानी गर्न चाहेमा त्यस्तो वातावरण सिर्जना गरीनेछ । फलामेडाँडामा पर्यटन प्रर्वद्धनका लागी विशेष पहल गरीनेछ । यस क्षेत्रमा होम—स्टे सञ्चालनका लागी प्रदेश सरकारसंग चालु आ.व मा गरीएको सहकार्य कायम राखिनेछ । होम स्टेमा पर्यटन आगमन वृद्धि गर्न प्रचारप्रसारको कामलाई तिव्र गरिनेछ । गाँउपालिका भित्रका पर्यटकीय क्षेत्र एवं सांस्कृतिक तथा स्थानीय कलाकृति, मौलिक साँस्कृतिक परम्परा , पुरातात्वीक महत्वका स्थान तथा रितिरिवाजको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्नका लागि सामाजिक सञ्जालबाट प्रचारप्रसार गरिने छ । कालिगण्डकी नदिमा हिँउदको समयमा साझेदारी रुपमा ¥याफटिङ सञ्चालन गर्न पहल गरीने छ ।

जलविद्युतः
गाँउपालिका भित्रका अधिकांश घरधुरीमा विद्युतिय उर्जा विस्तार भैसकेको छ । उर्जा विकासको महत्वपुर्ण पुर्वाधार हो । नेपाल विद्युत प्राधिकरण संगको सहकार्यमा विद्युतिय संरचनाको स्तरवृद्धिका लागी पहल गरीनेछ । काठेपोल रहित जलजला गाँउपालिका निमार्णमा प्राथमिकताका साथ लागीनेछ । निकट भविष्यमै निमार्ण शुरु हुन गैरहेको ५०.५ मेगावाटको वेनी कालीगण्की हाइड्रोपार परियोजनामा आउने लगानीकर्तालाई सहयोग गरी अवरोध रहित तरिकाले निमार्ण गर्न सहयोग गरीनेछ । प्रभावीत क्षेत्रलाई प्राथमिकता राखि जलजला गाँउपालिका भित्रका जनतालाई रोजगारी एवं लगानीको अवसर सिर्जन गर्न विशेष पहल गरीनेछ । राष्ट्रिय स्तरका प्रशासरण आयोजनावाट प्रभावीत वजार एवं अन्य क्षेत्रको व्यवस्थापना गरीनेछ ।

उद्योग, कलकारखाना र व्यवसायः
कालीगण्डकी करिडोरको मध्यविन्दु पर्ने यस क्षेत्रमा मझौला तथा ठुला उद्योग कलकारखाना स्थापनाका लागी लगानी आकषण गरीनेछ । पोखरा मुक्तिनाथ पर्यटकीय सर्कलको महत्वपुर्ण क्षेत्र यस गाँउपालिकामा पर्ने हुँदा यस क्षेत्रमा ठुला स्तरीय होटल, रिर्सोट स्थापनाका लागी प्रोत्साहन गरीनेछ । स्थानीय जनतालाई प्रत्यक्ष रोजगारीका अवसर सिर्जन गर्ने यस्ता कार्यक्रमहरुमा लगानी भित्राउन चाहनेलाई ५ वर्ष सम्म कर छुट एवं सडक, विद्युत,पानी लगाएतका पुर्वाधार विकास गर्न विशेष प्राथमिकता दिइनेछ । स्थानिय स्तरमा सञ्चालीत साना तथा घरेलु प्रकृतिका अल्लोको कपडा, नेपाली कागज, भांग्रो, झोला, खास्टो, सालको टपरी, क्यान्डी, जुस, अचार,ससेज एवं मैनवत्ती उद्योग हरुलाई प्रोत्साहन गरीनेछ । मौजुदा उद्योग, व्यवसायलाई कानुनको परिधिभित्र रहेर सञ्चालन गर्न अनुगमन तथा नियमन गरीनेछ । ढुंगा कटिङ उद्योग सञ्चालनका लागी आ.इ.ई गरी उद्योग स्थापना गरीनेछ ।

सुचना र संचार ः
आजको युग सुचना र सञ्चारको युग हो । सुचना र सञ्चार प्रविधिविना समृृद्धिको परिकल्पना गर्न सकिँदैन । यस क्षेत्रमा एफएम रेडियो , डिजिटल माध्यमवाट पत्रपत्रिकाका स्थापना एवं सञ्चालनका लागी सम्भावनाको खोजि गरीनेछ । गाँउपालिकाको गतिविधि सार्वजनिक गर्न एवं सुचना तथा संचारको लागी विभिन्न पत्रपत्रिका, एफ.एम एवं अनलाइन मिडिया सँग सहकार्य गरीनेछ । ईन्टरनेट सहितको सुचना प्रविधिको विकासका लागी पहल गरिनेछ । आगामी ५ वर्ष भित्र गाँउपालिका भित्रका सवै क्षेत्रमा इन्टरनेटको पहुँच पु¥याउन इन्टरनेट सेवा प्रदायक संग सहकार्य गरीनेछ । यसको लागी शुरुवात भैसकेको छ । साथै तारजडित टेलिफोनका लागी प्रक्रिया अगाडी वढाइनेछ । कटुवाल प्रणालीलाई व्यवस्थीत गर्दै उचीत पारिश्रमीक दिइनेछ ।

लक्षित कार्यक्रमः
समावेशि विकास आजको आवश्यकता हो । सवै क्षेत्र, जातजाती , समुदाय एवं लिङगको समानुपातिक विकास विना आर्थीक विकास गर्न सम्भव छैन । यस क्षेत्रमा रहेका दलित, अपांग, महिला लगायत लक्षित वर्गका लागि सशक्तिकरण एवं उत्थान गर्नका लागी आगामी वर्षमा कार्यक्रमहरु ल्याइनेछ । पछाडी परेका र पारिएका महिलाहरुको क्षमता विकास एवं निर्णय प्रक्रियामा महत्वपुर्ण भुमिका रहने गरी, संविधान तथा कानुनबमोजिम पाउने हक अधिकारबारे जानकारी गराउने लगायतका कार्यक्रमहरु सञ्चालन गरिनेछ । अवको विकास अपांगमैत्री, वालमैत्री, महिलामैत्री वनाउनेतर्फ नीति अङ्गिकार गरिनेछ । अपांगता भएका बालवालिकाको लागि विद्यालयमा छात्रवृत्ति दिने, । दलित समुदायलाई गरिँदै आएको सामाजिक विभेदको अन्त्य गर्ने खालका कार्यक्रमहरु सञ्चालनमा ल्याइनेछ साथै आदिवासी जनजातिहरुलाई समेत विकासको मुलधारमा ल्याउन विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था मिलाउन पहल गरिनेछ । व्यवसायीक नौमती वाजा र आरान पेशालाई आवश्यकताका आधारमा प्रोत्साहन गर्दै लगीनेछ । ज्येष्ठ नागरीकको संरक्षण गर्दै ८० वषर््ा माथीका ज्येष्ठ नागरीक र अति अशक्त नागरीकलाई विशेष प्रोत्साहन तथा सम्मान गरीनेछ । सवैभन्दा ज्येष्ठ एक जना पुरुष र एक जना महिला ज्येष्ठ नागरीकलाई सम्मान गरीनेछ ।

सामाजिक सुरक्षाः
सामाजिक सुरक्षा भत्ता वितरणका लागी वंैक संग गरिदै आएको सहकार्यलाई निरन्तरता दिइनेछ । सामाजिक सुरक्षा प्राप्त गर्ने व्यक्तिहरुको विवरण समयमै दर्ता एवं अद्यावधिक गरिनेछ । यस कार्यक्रम संघीय सरकार मार्फत सञ्चालन हुने भएपनि लाभग्राहीहरुको विवरण अनलाइन अद्यावधिक गर्नुका साथै सामाजिक सुरक्षा रकम समयमा नै प्राप्त गर्ने व्यवस्था मिलाइनेछ । गाउमै पुगी वैंक मार्फत वितरण गर्न वाँकी रहेका वडाहरुमा समेत वैकलाई गाँउमा लैजान पहल गरीनेछ ।

खानेपानीः
गाउँपालिका भित्रका खानेपानीको अभाव भएका वस्तीहरुमा स्वच्छ खानेपानीको सुुविधा उपलब्ध गराउन खानेपानी आयोजनाहरु कार्यान्वयन गर्नका लागी संघिय र प्रदेश सरकार संग सहकार्य गरीनेछ । चालु अवस्थामा रहेका खानेपानी योजनाहरुलाई क्रमश मर्मत गर्दै एक घर एक धारा कार्यक्रम लाई निरन्तर दिइनेछ । खानेपानी उपभोक्ता संस्थाहरु लाई गाँउपालिका मातहत ल्याई , कर्मचारी व्यवस्थापन गरी संस्थाहरुको व्यवस्थापन गरीनेछ । घर एवं विद्यालयमा खानेपानीको शुद्धीकरण गरेर मात्र पिउने वानि वसाल्नका लागी चेतनामुलक कार्यक्रम संचालन गरीनेछ । गाँउपालिका भित्र खानेपानी सेवा व्यवस्थापन गर्नका लागी सरोकारवाला संगको छलफलमा खानेपानीको महशुल निर्धारण गरीनेछ ।

फोहोरमैला व्यवस्थापनः
बजार क्षेत्र वृद्धि हुँदै गएपश्चात फोहोरमैला व्यवस्थापन गर्ने कार्य चुनौतीको रुपमा विकास हुँदै गएको छ । मल्लाज, वगरफाँट, वारीवेनी, मिलनचोक एवं लस्ती, फोर्से हुँदै खनियाँघाट क्षेत्रमा फोहोर व्यवस्थापनका लागी निजी एवं सहकारी क्षेत्रसंगको सहकार्यमा फोहोर व्यवस्थापन गरीनेछ । फोहोर व्यवस्थापन गर्नका लागी ट्रयाक्टरको व्यवस्था गरीनेछ । सरसफाईमा ध्यान दिने संस्कारको विकास गर्ने तर्फ ध्यान दिइनेछ । टोल सुधार समितिहरु गठन गरी प्रधानमन्त्री रोजगार कार्यक्रमलाई टोल सुधार एवं सरसफाई सँग समन्वय गरीनेछ ।

जडिवुटी प्रर्वद्धनः
यस पालिकाको उपल्लो क्षेत्रमा उत्पादन हुने जडिवुटीको व्यवस्थित वजारको खोजी गर्ने र उचित मुल्य प्राप्त गर्नका लागि पहल गरिनेछ । यस क्षेत्रमा पाइने महत्वपुर्ण तथा बहुमुल्य जडिबुटीहरुको संकलन, प्रशोधन र बजारीकरणका लागि विभिन्न निकायसँग सहकार्य र समन्वय गरी उचित व्यवस्था गर्ने तर्फ ध्यान केन्द्रित गरिनेछ साथै यस क्षेत्रमा रहेका खानी एवं जडिवुटीको को खोज अनुसन्धान तथा उत्खननको लागि समन्वय गरिनेछ ।

शिक्षा क्षेत्रः
विकासका महत्वपुर्ण पुर्वाधार शिक्षा क्षेत्र हो । शिक्षा क्षेत्रको विकास र व्यवस्थापन विना अन्य पुर्वाधार विकास गर्न कठिन हुन्छ । यस गाउपालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयको अवस्था सुर्धानका लागी अत्यावश्यक भैसकेको छ । विद्यालयभन्दा वाहिर रहेका वालवालिकालाई विद्यालय क्षेत्रभित्र ल्याउनका लागि भर्ना कार्यक्रमहरु, अभिभावकको लागि जनचेतना कार्यक्रमहरु ल्याइनेछ । विद्यालय क्षेत्र विकास कार्यक्रम, सवैका लागि शिक्षा, एवं वालमैत्री विद्यालय, खेल्दै सिक्दै लगायतका कार्यक्रमहरुलाई समावेश गर्दै लगिनेछ । विद्यार्थी र शिक्षकको अनुपात मिलाई सामुदायीक विद्यालयमा शिक्षक व्यवस्थापन र दरवन्दी मिलान गरीनेछ, शिक्षकको पेशागत हकहित तथा कामप्रतिको प्रतिवद्धतामा वृद्धि गरी यस क्षेत्रको साक्षरता दर बृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गरिनेछ । पढने बानिको विकास गर्न गाँउपालिकामा “ पुस्तकालय” स्थापनाका लागी पहल गरीनेछ । गाँउपालिकाका विद्यालयहरुको खर्च लेख्ने पद्धती सुधार गर्न आवश्यक छ सोका लागी प्रधानाध्यापक एवं लेखा हेर्ने कर्मचारी वा शिक्षकलाई क्षमता अभिवृद्धी कार्यक्रम सञ्चालन गरीनेछ भने प्रारम्भीक वाल कक्षामा शैक्षिक प्रणाली सुधार गर्न शिक्षिका हरुलाई तालिममा सहभागी एवं प्रोत्साहित गरीनेछ । गाँउपालिका भित्रका आर्थीक अभावमा रहेको वालवालिकालाई विद्यालयमा ल्याउन र अध्ययनका लागी गाँउपालिकाले आर्थीक सहयोग उपलव्ध गराउनेछ । गाँउपालिका भित्रका विद्यालयमा क्रमश विद्युतिय हाजिरी अनीवार्य गरीनिेछ आगामी आर्थीक वर्षमा माध्यामिक तह रहेका विद्यालयमा जडान गरी सोको प्रतिवेदन मागफारम सँगै पेश गर्ने व्यवस्था मिलाइनेछ । जनप्रतिनिधि र शिक्षकका छोराछोरीलाई सामुदायीक विद्यालयमा अध्यायपन गराउन प्रोत्साहित गरीनेछ । विद्यालयमा कार्यरत शिक्षकहरुको क्षमता विकास गर्न कार्यक्रम सञ्चालन गरिनेछ । विद्यालयका शिक्षकहरुलाई उत्तरदायी वनाइनेछ । उत्कृष्ट शिक्षक पुरक्कार कार्यक्रम समावेश गरीनेछ । एवं कानुनविपरीतका कार्य गरेमा दण्डको भागीदार गराइनेछ । आन्तरीक स्रोतको सम्भावना हेरी विद्यालयमा कार्यरत वालशिक्षा सहयोगी कार्यकर्ता र कार्यालय सहयोगीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरीनेछ । सामुदायीक विद्यालयमा विद्यार्थीको आकर्षण वढाउन एक देखी पाँच कक्षा दिवा खाजा कार्यक्रम सञ्चालन गरीनेछ । दरवन्दी नभएका माध्यामिक विद्यालयमा दरवन्दी व्यवस्था गर्न सघिंय तहमा पहल गरीनेछ । अगं्रेजी माध्यमका पुस्तक उपलव्ध गराउने कार्यक्रमलाई यो वर्ष कक्षा ३ सम्म विस्तार गरीनेछ । वदलिदोँ परिस्थीतीमा गााँउपालिकामा कानुनी शिक्षाको आवश्यकता हुनाले वडा स्तर सम्म कानुनी साक्षर कार्यक्रम सञ्चालन गरीनेछ । माध्यामिक विद्यालय नभएका वडामा माध्यामिक विद्यालय स्थापनाका लागी पहल गरीनेछ ।

स्वास्थ्य क्षेत्रः
गाउँपालिका क्षेत्रभित्र अस्पताल, प्रत्येक वडामा स्वास्थ्य चौकि एवं वर्थीङ सेन्टर स्थापनका लागी प्रदेश एवं संघिय सरकारसंग सहकार्य गरीनेछ । नेपाल सरकारको नागरिक स्वास्थ्य विमा कार्यक्रम, म स्वस्थ मेरो गाउँपालिका स्वस्थ जस्ता कार्यक्रमहरुलाई अगाडि ल्याइनेछ । स्वास्थ कार्यालयको संरचना समेत यस कार्यालयमा आईसकेकोले उक्त स्वास्थ्य कार्यालयमार्फत भएका सम्पुर्ण कार्र्यक्रमलाई अक्षरसः पालना गरिनेछ । गाउँपालिकालाई पुर्ण सरसफाईयुक्त बनाउनका साथै वाल मृत्युदर तथा मातृमृत्युदर घटाउन महिला स्वयंसेविकाहरु परिचालन एवं प्रोत्साहनका कार्यलाई थप निरन्तरता दिइनेछ । सवैका लागी स्वास्थ्य भन्ने नारा यर्थाथमा लागु गर्न जनचेतनामुलक कार्यक्रम संचालन गरीनेछ । प्रत्येक वडामा स्वास्थ्य संस्था एवं स्वास्थ्य इकाई स्थापना गर्न पहल गरीनेछ । गाँउपालिकाका स्वास्थ्य संस्थामा रहेका एम्वुलेन्स पुनः सञ्चालनमा ल्याउने व्यवस्था मिलाइनेछ । सोका लागी सहकारी, सामाजिक संस्था एवं निजि क्षेत्रसंग पहल गरीनेछ । मिलनचोकमा सुविधासम्पन्न प्रसुती गृह तुरुन्त संचालन गरीनेछ । गाँउपालिकामा अस्पताल निमार्ण गर्न संघिय र प्रादेशिक तहमा पहल गरीनेछ । मल्लाज स्वास्थय चौकिमा व्यवस्था गरीएको ल्याव सेवालाई निरन्तरता दिइनेछ । अन्य स्वास्थ्य संस्थामा यस्ता कार्याक्रम आवश्यकता अनुसार विस्तार गर्दै लगिनेछ । गाँउपालिकामा कार्यरत स्वास्थ्य स्वयंसेवीका हरुलाई स्रोतको सम्भावना हेरी प्रोत्साहनको कार्यक्रलाइ निरन्तरता दिइनेछ । आवश्यकताका आधारमा निशुल्क रुपमा वितरण गर्नका लागी औषधी खरिद र वितरणको व्यवस्था मिलाइनेछ । प्रत्येक वडामा स्वास्थ्य शिविर सञ्चालन गरीनेछ ।

वैंक तथा वित्तिय क्षेत्रः
यस गाउँपालिका क्षेत्रमा वैँक तथा वित्तिय संस्थाहरु खुल्ने क्रम वढदै गएको छ । गाँउपालिकाका सम्पुर्ण जनताको वैक खाता खोल्न वैकसंग सहकार्य गरीनेछ । व्यवसाय गर्नका लागी आवश्यक पर्ने ऋण उपलव्ध गराउन गाँउपालिकाका जनताका लागी धितो सहजीकरण कार्यमा कानुनवमोजिमि गाँउपालिकाले पहल गर्नेछ । सरकारी कारोवार गर्ने वैंङकले सुविधायुक्त तरिकाले सेवा प्रवाह नगरेमा विकल्पहरुमा कारोवार गर्न सम्भावना खोजी गरीनेछ । गाउँस्तरमा विभिन्न समुहमार्फत वचत गर्ने वानी बसाल्ने, ऋण लिएर लगानी गर्ने लगायतका कार्यमा सहजता ल्याउन , वचत वृद्धि, पुँजी निर्माण, ऋण परिचालन मार्फत आम जनताको जीवनस्तरमा सुधार गर्ने तर्फ पहल गरिनेछ ।

सहकारी क्षेत्रः
गाँउपालिका क्षेत्रभित्र रहेका सहकारीहरुको क्षमता विकास गर्नका लागी सरोकारवालाहरु संग सहकार्य गरीनेछ । वित्तिय रुपमा जोखिमा रहेको सहकारीहरुलाई एकिकरणका लागी प्रोत्साहन गरीनेछ । झोलामा सहकारी राख्ने र नाफामुलक व्यवसायमा केन्द्रीत हुने सहकारीलाइ नियमन र नियन्त्रण गरीनेछ । सहकारी वचत तथा ऋण परिचालन सम्वन्धी मापदण्ड निर्धारण गरीनेछ । सहकारी संस्था सग सहकार्य अभिवृद्धि गरीनेछ । स्थानिय सहकारी हरुको क्षमता अभिवृद्धि गर्नका लागी क्षमता विकास कार्यक्रम सञ्चालन गरीनेछ । सहकारीको ऐन नियममा रहि विनियम भन्दा वाहिर गई कार्य गरेको देखिएमा खारेजी सम्मको कारवाही गर्न सकिनेछ । गाँउपालिकाले जुनसुकै वखत सहकारीहरुको अनुगमन गर्नेछ ।

वजार व्यवस्थापनः
स्थानिय स्तरका व्यापारिक पसल एवं र्फमको दर्ता, अनुमती, नविकरण , अनुगमन र नियन्त्रणको कामलाई प्रभावकारी वनाइनेछ । स्थानिय वजार व्यवस्थापन गरी वारीवेन, मिलनचोक एवं लस्ती क्षेत्रका वजारलाई हरियाली वनाउन वृक्षारोपणको कार्यक्रम सञ्चालन गरीनेछ । उल्लेखीत वजार क्षेत्रमा र्सोय वत्ति जडानका लागी प्राथमिकता दिइनेछ । साथै वजार क्षेत्रको सुरक्षाका लागी सुरक्षा निकायसंगको सहकार्यमा सि.सि.टि.भि जडान एवं जडित सि.सी.टि.भि को क्षमता अभिवृद्धि गरीनेछ । एकिकृत वस्ती निमार्णका लागी टाउन पलानिङ गरी वस्ती स्थानान्तरणका लागी शुरुवात गरीनेछ । यो कार्यक्रम सञ्चालन गर्नका लागी सार्वजनिक, निजी क्षेत्र संग सहकार्य गरी सडक, विद्युत , खानेपानी लगाएतका पुर्वाधार विकास गर्न सहयोग गरीनेछ । हाट वजार निमार्णका लागी पहल गरीनेछ ।

रोजगारी सिर्जनाः
गाँँउपालिकामा रहेको वेरोजगारी समस्या समाधान गर्नका लागी स्वरोजगार वन्न अभिप्रेरीत गरीनेछ । गाँउपालिका भित्र रहेको युवालाई पलम्वीङ, इलेक्ट्रीसीयन, एवं लघु उद्यम सम्वन्धी विभिन्न स्वरोजगारमुलक तालिम सञ्चालन गरिनेछ । सोका लागी सि.टि.इ.भि.टी सँग समन्वय गरीनेछ । विद्यालयहरुमा प्राविधिक कक्षा सञ्चालनका लागी शिक्षा मन्त्रालयमा पहल गरीनेछ ।जनशक्तिको क्षमता हेरी गाँउपालिकावाट कार्यान्वयन गरीने योजनाहरुमा रोजगारीका अवसार सिर्जना गरीनेछ । वैदेशिक रोजगारीलाई निरुत्साहित गरी स्वदेशमै रोजगारी सिर्जना गर्न अभिप्रेरीत गरीनेछ ।

विपद व्यवस्थापनः
जुनसुकै वेला आइपर्न सक्ने विपदको उद्धार एवं राहत तथा पुनस्थापनाका लागी विपद व्यवस्थापन कोष सञ्चालनमा ल्याइनेछ। विपदका समयमा तत्काल उद्धार गर्नका लागी नेपाल प्रहरी संगको सहकार्यमा विपद उद्धार केन्द्र निर्माण गर्र्दै विपद व्यवस्थापन उपकरण खरिद एवंं भण्डारको व्यवस्था मिलाइनेछ । विपद पछिको राहत वितरणको कार्यविधिलाई पारदर्शी र एकरुपता वनाइनेछ ।

सुशासन ः
कार्यालयले आफै र आफ्नो मातहतका कार्यालयहरुमार्फत प्रवाह गर्ने सेवाको प्रभावकारिता, गुनासो व्यवस्थापन, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, नागरिक वडापत्र, सुचनाको हकको प्रत्याभूति,पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचार निवारण लगायतका कार्यहरुमार्फत सुशासन अभिवृद्धि गर्ने खालका कार्यहरुलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्दै लगिनेछ । डिजिटल नागरीक वोर्ड एवं कार्यालयको सामाजिक सञ्जालमा उपस्थीती लाई वृद्धि गर्दै लगिनेछ । योजना सम्झौता एवं फरफारकका कामलाई चुस्त दुरुस्त वनाउनका लागी योजना सफट्वयर निमार्ण गरी सफट्वयर मार्फत नै योजना सम्झौता गर्ने व्यवस्था मिलाइनेछ । साथै जिन्सी एवं नगदी रसीद सम्वन्धी काम सफटवेयर मार्फत गरीनेछ । गाँउपालिकाले तर्जुमा र लागु गरेका ऐन, कानुनहरुको पालनामा जोड दिइनेछ । कानुनवमोजिम लागू गरीएका ऐन, नियम एवं अन्य प्रावधानहरुको कार्यान्वयनमा अवरोध खडा गर्ने जोसुकैलाई कानुनवमोजिम दायीन्व वहन गराइनेछ । स्थानिय सञ्चालन ऐन, २०७४ वमोजिम गाँउपालिकाको अधिकार क्षेत्र भित्र रहेका सरकारी तथा गैेह् सरकारी संस्थाहरुले गाउँपालिका सँग समन्वन नगरेको समेत पाइएको हुँदा नियमानुसार अनुगमन र नियमनलाई प्रभावकारी वनाइनेछ । गाँउपालिका एवं वडा कार्यालयहरुवाट प्रदान गरीने सेवा प्रवाहमा विभिन्न वहानामा वाधा अडचन गर्ने कर्मचारी एवं जनप्रतिनिधि समेतलाई गाँउपालिकाले कानुनवमोजिम स्पष्टीकरण सोधी तुरुन्तै सेवाप्रवाह गराउने व्यवस्था मिलाइनेछ । सम्पुण्न जनप्रतिनिधिको सेवा प्रवाहलाई चुस्त दुरुस्त गराइनेछ ।

कर्मचारी प्रशासनः 
गाँउपालिकामा कार्यरत कर्मचारीहरुलाई सकरात्मक मनोभावनाका साथ कार्यसम्पादन गर्न प्रोत्साहित गरीनेछ ।कानुुनको परिधिमा रही गाउपालिकावासीको समिपमा रहि, जनताको सेवाभाव जागृत गराउने र गाउँपालिकाका निर्णयहरुलाई अक्षरसः कार्यान्वयनमा ल्याउनका लागि तत्पर हुने अवस्थाको सिर्जना हुने वातावरण मिलाइनेछ । जनशक्ति व्यवस्थापन तथा वृत्ति विकास सम्वन्धी कार्यक्रम सञ्चालन गरीनेछ । आन्तरीक पर्यटन प्रर्वद्धन एवं देश चिनाउने अभियान अन्र्तगत प्रत्यक वर्ष कर्मचारी र जनप्रतिनिधिलाई आलोपालो रुपमा अन्तर स्थानिय तह अनुगमन गरी नविनतम प्रयासहरु सिक्नका लागी “ अनिवार्य देश दर्शन”कार्यक्रम सञ्चालन गरीनेछ । साथै उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने व्यवस्था मिलाइनेछ भने गल्ती गर्ने कर्मचारीलाई दण्ड र सजायको भागीदार गराइनेछ ।गाँउपालिकामा कार्यरत कार्यालय सहयोगीहरुलाई प्रोत्साहन गरीनेछ । कर्मचारीहरुलाई सवारीसाधन उपलव्ध गराउनका लागी मौजुदा सवारीसाधनलाई व्यवस्थापन गरी स्रोत साधन हेरी थप गर्दै गइनेछ ।

विविधः आर्थीक रुपमा सवल हुँदै स्थानिय स्रोत र साधनको परिचालनका लागी गाउँपालिका क्षेत्रभित्रका लागि तय गरिएको राजश्व उठाउने तर्फ विशेष पहल गरिनुका साथै आर्थिक वर्षको शुरुमा नै योजना सम्झौता गरी कार्यक्रमहरु सम्पन्न गरिनेछ साथै यस गाउपालिकाभित्र प्रादेशिक एवं संघिय तहवाट स्वीकृत भएका कार्यक्रम कार्यान्वयनका लागी सम्वन्धीत पक्षसंग समयमै सहकार्य गरीनेछ । गाँउपालिकामा रहेका ऐतिहासीक एवं धार्मीक महत्वका स्थानको संरक्षण गरीनेछ । गाँउपालिका भित्रको सवैभन्दा धेरै जनसंख्या रहेको मगर जातीको भाषाको संरक्षणमा विशेष जोड दिइनेछ । जसका लागी विभिन्न निकाय र संस्था संग पहल गरीनेछ । गाँउपालिक भित्र रहेका सार्वजनिक जग्गाहरुको उपयोगलाई व्यवस्थीत गरी सार्वजनिक जग्गा मिच्ने व्यक्ति तथा संस्थाहरुलाई कानुनमोजिम गरीनेछ । वहाल विटौरी शुल्क उठाउन दायरा वृद्धि गरीनेछ । करको दायर वुद्धी गर्दै दर घटाउने निति अवलम्वन गरीने छ । ढुँंगा, गिटि , वालुवा उत्खनन एवं सकलनका सन्र्दभमा देखिएको समस्याहरुलाई समाधान गर्नकालागी कार्यविधिको पालनामा जोड दिइनेछ र व्यवस्थीत रुपमा ठेक्का प्रक्रियामा लगीनेछ । जलजला गाँउपालिकामा जन्मी देश तथा विदेशमा ख्याती प्राप्त प्रतिष्ठीत व्यक्तिहरुको सम्मान गरीनेछ । ऐतिहासीक व्यक्तित्वहरुको सम्झनामा शालिक तथा प्रतिक्षालय निमार्ण गर्न पहल गरीनेछ । गाँउपालिकाका सडकहरुलाई नामाकंरण गरीनेछ । गाँउपालिकाको एवं वडा कार्यालयको भवन निमार्णका लागी यथाशिघ्र जग्गा व्यवस्थापन गरी भवन निमार्ण गर्न प्रक्रिया अगाडी वढाइनेछ । गाँउपालिकामा रहेका स्वास्थ्य संस्था एवं अन्य सामाजिक संस्थाको भवन तथा पुर्वाधार निमार्णका लागी पहल गरीनेछ । वास्तवीक सुकुम्वासी र भुमिहीनको पहिचान गरी व्यवस्थापन गर्न पहल गरीनेछ । तिन तहको सरकारवाटै कार्यान्वयन हुने योजना तथा कार्यक्रमहरुको कार्यान्वयनका लागी समन्वय र सहकार्य गरीनेछ । सेवा प्रवाह एवं सुचना संप्रेषणका लागी सहयोग गर्ने पत्रकार , सञ्चार क्षेत्र, सुरक्षाकर्मीको क्षमता विकासका लागी पहल गरीनेछ । जिल्ला स्थीत सम्पुर्ण विषयगत कार्यालयहरु संगको सहकार्यमा कार्यक्रमहरु गरीनेछ । जलजला गाँउपालिकामा जनप्रतिनिधि वहाल भैसकेको २६ महिना वितिसक्दा पनी गाँउपालिकाको भवन , सभाहल एवं कतिपय वडाहरुमा वडा कार्यालयको भवन निमार्ण गर्न जग्गा व्यवस्थापनका लागी विभिन्न निणर्य भएतापनी जग्गा प्राप्त भैनसकेको अवस्था विद्यमानता छ । गाँउपालिकाको भवन निमार्णका लागी कानुनसम्वत मापदण्ड वमोजिमको जग्गा प्राप्ती गर्नका लागी पहल गर्नु हामी सवैको दायित्व रहेको छ । आगामी वर्षको निति तथा कार्यक्रम एवं वजेट आफनै सभाहलवाट गर्नका लागी विशेष पहल गरीनेछ । संवैधानीक रुपमा रहेको नगर प्रहरीको व्यवस्थालाई कार्यान्वयन गरीनेछ । जलजला गाँउपालिका वाट वसाइसराइ गएकाहरुलाई फर्कीन चाहेमा विशेष सहयोग गरीनेछ । संघिय संरचनामा गएतापनी जिल्लाको अस्तीत्व कायमै रहेकाले जिल्ला स्थीत विभिन्न विषयगत कार्यालय एवं सामाजिक संस्थाहरु संग सहकार्य गरीनेछ ।
उपस्थीत सम्पुर्ण महानुभावहरु ः

गाँउपालिकामा थुप्रै अवसर र सम्भावनाहरु विद्यमान छन् ।

 संविधान कार्यान्वयनको पहिलो पाइलाका रुपमा गाउँपालिका स्थापना भई दुइ वर्ष भन्दा वढीको समय व्यतित भैसकेको छ । यस अवधिमा प्राप्त अनुभव सिप आगामी दिनमा लागु गरी गुणस्तरीय प्रतिफल प्राप्त गर्न सहयोग पुग्ने देखिन्छ ।
 स्थानीय तहमा नै योजना बनाई कार्यान्वयन हुने भएकाले आवश्यकता र मागमा आधारित विकासको सम्भावना बढेको छ । कृषी, नगदेवाली,पर्यटन प्रवद्र्धन, प्राकृतिक स्रोत साधनको उत्खनन एवं पशुपालनको माध्यमबाट स्थानीय जनताको आयस्तरमा वृद्धि गरी गरिवी न्युनीकरण गर्ने तथा समावेशी र समतामुलक विकासको प्रचुर सम्भावना छ ।
 विगतमा अपेक्षित लाभ लिन नसकिएका जडिबुटीहरुहरु संकलन एवं खानी उत्खनन गरी वजारीकरण गर्नका लागि प्रचुर संभावना रहेको छ ।
 पुराना तथा ऐतिहासीक मठ मन्दीर, पदमार्ग, पाटी पौवा, चौतारा एवं पोखरको संरक्षण गर्दै ऐतिहासीक महत्वका विषयवस्तुको संरक्षणको सम्भावना रहेको छ ।
आगामी आर्थिक वर्षको वार्षिक गाउपालिका विकास योजनाको प्रमुख उद्देश्यहरु यस प्रकार छन् ।

 गाउँपालिकाको आर्थिक, सामाजिक, एवं पूर्वाधार विकासको सम्भावनालाई उजागर गर्ने ।
 गाउँपालिकामा रहेको गरिबी न्यूनीकरण गर्न रणनीतिक योजनाहरुको तर्जुमा गर्ने,
 गाउँपालिकाको नीतिगत, संस्थागत र भौतिक पूर्वाधार स्थापना गर्ने ।
 सुशासन प्रबद्र्धन गरी विकास आयोजना एवं कार्यक्रमहरुलाई नतिजा मुलक र उत्पादन मुलक बनाउने ।
 सामाजिक आर्थिक रुपमा पछाडि परेको वर्गहरुलाई स्वरोजगार सृजना गरी आत्म निर्भर तर्फ उन्मुख गराउने ।

आदरणीय उपस्थित सम्पूर्ण महानुभावहरु,
यस गाउँपालिकाको वार्षिक नीति र कार्यक्रमहरु तर्जुमा एवं गाउँसभाको तयारीको क्रममा विभिन्न चरणमा आफ्नो अमूल्य सुझाव र सहयोग सहित सहभागी हुनु भएका उपाध्यक्ष, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्ष ज्यूहरु, गाउँकार्यपालिकाका सदस्य ज्यूहरु, गाँउसभा सदस्य ज्युहरु, विषयगत समितिका संयोजक तथा सदस्य ज्यूहरु, राजनितिक सल्लाहकार, कानुनी सल्लाहकार ,गाउँपालिकाका कर्मचारी , विभिन्न विषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधि, शिक्षक, जनसमुदायहरु, राजनितिक दलका प्रतिनिधिहरु, नागरिक समाज, पत्रकार मित्रहरु, सुरक्षाकर्मी लगायत अन्य सम्पूर्ण सरोकारवालाहरुमा समेत हार्दिक आभार व्यक्ति गर्न चाहन्छु । निति तथा कार्यक्रम तर्जुमा देखी आजको यस घोषणा समारोहलाई सफलता पूर्वक सम्पन्न गर्ने समयसम्म गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरु तथा पदाधिकारीहरुले पु¥याएको योगदानका लागि उच्च मुल्यांकन गर्दै आभार प्रकट गर्न चाहन्छु ।
अन्त्यमा प्रस्तुत नीति र कार्यक्रमहरु अनुरुप योजना कार्यान्वयनमा सबैबाट रचनात्मक सहयोग प्राप्त हुने विश्वास लिँदै सवैको सहयोगको अपेक्षाका साथ विदा हुन अनुमति चाहन्छु ।

                             धन्यवाद ! 

Leave a Reply