बेनी नगरपालिका–३ भकिम्ली खाराका दिपन परियार जयन्ती माविमा कक्षा ५ मा अध्ययरत छन् । पुराना पोशाक, प्रयाप्त शैक्षिक साम्रागी नलिई विद्यालय जान्छन् । दिपनसँगै सोही विद्यालयको कक्षा ४ मा अध्ययरत दिपिकाको हालत पनि उस्तै छ । विद्यालयमा नियमित जाने गरेका दिपन र दिपिकासँग खाजा खाने पैसा समैत हुदैन् । पढाईमा राम्रो भएपनि घरायसी वातारणको अभावका कारण दुवैले पेटभरी खान समेत पाउँदैनन् ।

बैदेशिक रोजगारको सिलसिलामा करिव ८ बर्ष अगाडी बहराइनमा पुगेका बुबा दिलिप परियार विदेशी यूवतीलाई कुटपिट गरेको अभियोगमा जेल सजाय तोकिएपछि परिवारले कष्टकर जीवन विताइरहेको छ ।ऋणधन गरेर बहराइनमा पुगेको दुईबर्षमै जेलमा परेपछि दैनिक ज्यालामजदुरी गरी जीवन निर्वाह गर्ने गरेका परियारका परिवारले आर्थिक अभावक कारण थप समस्या झेल्नुपरेको छ ।

‘सुकुम्बासी जीवन विताइरहेका छन्,‘बिहानबेलुकी हातमुख जोड्नै मुस्किल छ’ विद्यालयका शिक्षक डेकबहादुर घर्तीमगरले भने । उनका अनुसार परियार जेलमा परेपछि श्रीमतिले ज्यालामजदुरी गरी संकलन गरेको आर्थिकबाटै घरखर्च चल्ने गरेको बताउँदै बालबालिकाको शिक्षादिक्षामा सहयोगको आवश्यकता रहेको बताए ।

‘बालबालिकालको नियमित शिक्षामा परिवारले सहयोग जुटाउन सकेका छैनन्,‘समान्य खर्च समेत जुटाउन नसक्दा पठनपाठनमा गम्भीर असर गरेको छ’ उनले भने । कम्पनीबाट कोठामा फर्किने बेलामा आफुँसंगै रहेको एक इन्डोनिसियाकी एक यूवतीलाई उनका पूर्वप्रेमीले कुटपिट गरेर फरार भएपछि बहराइनको भाषा नबुझ्दा बिनाकारण जेल सजाय भोग्नुपरेको बताइएको छ । उनलाई जेलमुक्त गर्न म्याग्दी उद्धार समिति बहराइनले राजदुत लगाएत विभिन्न माध्यमबाट पहल गरेपनि सफल सकेको छैनन् ।

बहराइनको आश्री जेलमा १५ बर्षे सजाय भोगिरहेका दिलिपले घाईते अवस्थामा उद्धार गरिएकी यूवती २० दिन अस्पतालमा उपचार गरी घर फर्किएपनि विना आधारमा भाषाको ज्ञान नहुदाँ अदालतबाट १५ बर्षको सजाय तोकिएको भन्दै नेपाल सरकारका श्रममन्त्री गोकर्ण विष्टलाई समेत राजदुतमार्फत जानकारी गराइएको थियो । दिलिपकी श्रीमति मनकुमारीले छोराछोरीलाई स्टेशनरी सहित आवश्यक शैक्षिक पोशाक जुटाउन समेत हम्मेहम्मे भएकाले विद्यालय शिक्षाबाटै बन्चित बनाउनुपर्ने अवस्था आएको बताईन् ।
आर्थिक सहयोग तथा थप जानकारीका लागि डेकबहादुर घर्ती, मोवाईल नं ९८४७६५०००

Leave a Reply