नायिका करिष्मा मानन्धरले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा बी प्लस ल्याएकी छन् । आज नतिजा सार्वजनिक हुनेबित्तिकै आफूले पनि हेरेको उनले जानकारी दिइन् । काठमाडौंको मैतीदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा अध्ययन गरेकी करिष्माले डिल्लीबजारमा रहेको विजय स्मारक मावि परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् ।

यसवर्ष चार लाख ५० हजार २७५ परीक्षार्थी परीक्षामा सामेल भएका थिए । प्रदेश दुईमा भने प्रश्नपत्र बाहिरिएपछि चैतको २२ गतेदेखि २९ गतेसम्म पुनः परीक्षा भएको थियो । बाँकी ६ वटा प्रदेशमा चैत १० देखि २१ गतेसम्म परीक्षा सञ्चालन भएको थियो ।

Leave a Reply