२०७५ सालको माध्यामिक शिक्षा ‐एसईई) परीक्षामा माउण्ट एभरेष्ट आवासीय माविकी सलिना राम्जालीले ३.८० जिपिए ल्याएकी छन् । बिहिबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा राम्जालीको सबैभन्दा उत्कृष्ट जिपिए ल्याउँदै जिल्ला प्रथम भएको  विद्यालयले दावी गरेको छ । जिल्लाको मंगला गाउँपालिका वडा नं १ कुहुँ तुसारेपानीकी राम्जाली शिक्षासँगै अतिरिक्त क्रियाकलापमा समेत अब्बल छिन् ।

कक्षामा सधै प्रथम हुने राम्जालीले आफ्नो तयारी अनुसार नतिजा नआएको बताईन् । ‘मैले ४ जिपिए ल्याउने लक्ष्य सहित परिक्षामा सहभागी थिए,‘आगामी दिनमा अझै उत्कृष्ट नतिजा ल्याउने प्रयास गर्नेछु’ राम्जालीले भनिन् । उनले विज्ञान विषय रोज्ने बताईन् । आफ्नो लक्ष्य अनुसार अगाडी बढेर चिकित्स बन्ने योजना रहेको उनले बताईन् । यता राम्जालीका बुबा लोक राम्जालीले छोरीले चिकित्सक बन्ने चाहनालाई पुरा गर्ने बताए । ‘उनको बाँकी सपना पुरा गर्नेछु,,‘डाक्टर बनेर सेवा गर्ने चाहनालाई नतिजाले साथ दिएको छ’ उनले भने ।

शिक्षासँगै नृत्यमा समेत अब्बल रहेकी राम्जालीको नतिजा नै अहिलेसम्म जिल्लाकै उत्कृष्ट भएको विद्यालयले जनाएको छ । यता शिक्षा विकास तथा समन्वय इकाईले जिल्लाको नतिजालाई अन्तिम रुप दिने तयारी गरेको जनाएको छ । यसैबीच जिल्लाको न्यू वेष्ट पोइन्ट आवासीय माविका छात्र विश्वास केसी, सिजन रिजाल, योगेश बोगटी र छात्रा ललिता बुढाले ३.७५ ल्याएको विद्यालयले जनाएको छ ।

Leave a Reply