म्याग्दीबाट माध्यामिक तहको शिक्षाका लागी काठमाण्डौ गएका एक विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईईमा) चार जीपीए ल्याएका छन् । बेनी नगरपालिका वडा नं ७ बालमन्दिर चोकका प्रशान्त सुवेदीले काठमाडौका मनमैजुमा रहेको एन्जल्स हार्ट आवासीय माविबाट एसईईमा सहभागी भएका सुवेदीले ४ जीपिए ल्याएको उनका बुबा रामप्रसाद सुबेदीले बेनीअनलाइनलाई बताए ।

‘उत्कृष्ट नतिजाले उत्साहित छौ,‘ छोराको थप शैक्षिक सफलताको कामना गर्दछु’ सुबेदीले भने । सुवेदीका अभिभावक र विद्यालयले उनी एसईईमा देशभरबाट बढी जीपीए ल्याएको समेत दावी गरेका छन् । सबै विषयमा उत्कृष्ट नतिजा ल्याएका सुबेदी डाक्टर बन्ने लक्ष्य रहेको छ ।

बेनी आवासीय माविमा कक्षा ७ सम्म अध्ययन गरेका सुबेदी आठ कक्षा पढ्न एञ्जल्स हार्ट गएका थिए। सुबेदीका बुबा सहकारीकर्मी एवम् फेन्सी ब्यवसायी हुन् । नतिजा सार्वजनिक भएसँगै सुबेदी परिवारमा खुसीयाली छाएको छ ।

Leave a Reply