२०७५ सालको माध्यामिक शिक्षा (एसईई) परीक्षामा म्याग्दीमा सामुदायिक विद्यालयतर्फ राष्ट्रिय मावि नेप्टेचौरका निशान चोखालले ३.७० जीपिए ल्याएका छन् । बिहिबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा बेनी नगरपालिका वडा नं ९ नेप्टेचौरका चोखालले जिल्लाभरको सामुदायिक विद्यालयमा उत्कृष्ट जिपिएसँगै नीजि विद्यालयको नतिजामा समेत प्रतिस्पर्धा गरेको बेनी नगरपालिका शिक्षा शाखा अधिकृत विश्वप्रकाश रेग्मीले बताए । उनका अनुसार नगरपालिकाभित्रसँगै हालसम्म जिल्लाभित्र नै चोखाल नै सामुदायिक तर्फ उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी भएको बताए ।

पढाईसँगै अतिरिक्त क्रियाकलापमा समेत सक्रिय रहेका चोखालले नतिजा ल्याएका हुन् । केही कमजोरीले जिल्लामै अगाडी आउने चाहना पुरा भएन्, मैले थप मेहनतका साथ बाँकी लक्ष्य पुरा गर्छु’ चोखालले भने ।हाल काठमाण्डौमा रहेका चोखालले चिकित्सक बन्ने लक्ष्य रहेको बताए ।‘आमाबुबाको सपना पनि चिकित्सक बनेको देख्ने छ,‘मैले परिवारको चाहनालाई पनि पुरा गर्छु’ चोखालले भने ।

कक्षाका दोस्रो नभएका चोखाललाई सम्रग जिल्लाकै उत्कृष्ट नतिजाको अपेक्षा गरिएपनि सामुदायिक विद्यालयतर्फबाट प्रथम भएको उत्साहित भएको विद्यालयकी प्रधानध्यापक तारा चोखालले बताईन् । ‘केहीबर्ष यताको नतिजाबाट उत्साहित छौ,‘आधारभुत तहदेखि नै विद्यार्थीलाई अब्बल बनाउने गरी वातावरण बनाएका छौ’ चोखालले भनिन् ।

भौतिक पूर्वाधार तथा सदरमुकाम बेनी नजिक रहेकाले पनि बजार आउने विद्यार्थीलाई गाउँमै उत्कृष्ट शिक्षा दिन विद्यालयका शिक्षकले गरेको प्रयास र विद्यार्थीको मेहनतको नजिता भएको प्रअ चोखाललको भनाई छ । राष्ट्रिय माविबाट २२ जनाले वि प्लस, बी ग्रेडमा २४ र सि प्ल ग्रेडमा २ जना उत्र्तिणा भएको विद्यालयका शिक्षक रामचन्द्र पौडेलले बताए । यसैबीच सामुदायिक विद्यालयतर्फ रघुगंगा गाउँपालिका २ भगवतीस्थीत मुक्तिधाम माविका प्रवेशकुमार पाण्डेले ३.६५ जिपिए ल्याएका छन् ।

Leave a Reply