लगनशिलता र दृढ इच्छाशक्ति सफलता हात पार्न सकिन्छ भन्ने कुरा ओखलढुङ्गाको लिखु गाउँपालिका–६ की युगमाया कार्कीको सफलतालाई हेरे पुग्छ ।युगमायाले आज (बिहीबार) सार्वजनिक भएको एसईई नतिजामा १.५ जीपीए ल्याउँदै डी ग्रेडमा उत्तीण भएकी छन् ।

उत्प्रेरणा महिला माविमा अध्ययन गरेकी उनले सिद्धेश्वर मावि सुविधानगर परीक्षा केन्द्रबाट काठमाडौँ परीक्षा दिएकी थिइन्।पढ्ने उमेर घरायसी कामकाजमै घर्किए पनि उनले आफूभित्रको पढ्ने धोकोलाई त्यतिकै थन्काइनन् । बरु प्रौढ उमेरमा पनि पढ्न सकिन्छ भन्दै आँट गरिन् जसका कारण अहिले उनी सफल समेत भइन् ।

Leave a Reply