२०७५ सालको माध्यामिक शिक्षा ‐एसईई) परीक्षामा सहभागी भएका म्याग्दीका वडा अध्यक्ष सहित तीनै जना जनप्रतिनिधिले ‘सी’ ग्रेडमा उत्तीर्णा भएका छन् । दैनिक चुल्होदेखि जनताको काम, सामाजिक कार्यमा ब्यस्त हुने अन्नपूर्ण गाउँपालिका वडा नं ८ राम्चे नाँगीका वडा अध्यक्ष खम बहादुर गर्बुजा, वडा सदस्य गेममायाँ पुन र वडा सदस्य बेगबहादुर पुनले केही महिनाका तयारीमै सफलता प्राप्त गरेका छन् ।

बिहिबार सार्वजनिक भएको नतिजामा वडा अध्यक्ष गर्बुजाले २ जीपीए, वडा सदस्य बेगकुमारीले १.९ जीपीए र गेममायाँले १.८ जीपीए ल्याएर ‘सी’ ग्रेडमा उत्र्तिणा भएपछि थप शैक्षिक यात्राका लागी सहज भएको छ । ‘तयारी खासै गरिएन्,‘घरदेखि समाजकै काममा ब्यस्त हुनुपर्ने अवस्था थियो’ गेममायाँले बेनीअनलाइनलाई भनिन् । नतिजाबाट उत्साहित भएकाले गाउँबाटै उच्च शिक्षाका लागी सोच बनाएको बताईन् ।

‘एउटा सपना पुरा भएको छ,‘अव मेरो परिचय पनि फेरिएको छ’ उनले भनिन् । समान्य लेखपढ भन्दै गाउँसमाजमा परिचय दिने गरेको अवस्थामा अव एसईई उत्र्तिणा गरेको भन्न पाउने बताउँदै तयारीमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिईन् । गाउँकी अगुवा गेममायाँ र अन्य जनप्रतिनिधिले बेनी सामुदायिक माविको केन्द्रबाट एसईई दिएका थिए । नागीबाटै खुल्ला विद्यालयबाट जसमायाँ पुर्जा र सुमन गर्बुजाले समेत परिक्षा दिएका थिए ।

जसमायाँ पुन गाउँकी सामाजिक अभियान्ता हुन् । २०४४को एसएलसीमा गणित विषय लागेर कटाउन नसकेका वडा अध्यक्ष गर्बुजाले ५० बर्षको उमेरमा योग्यता बढाउन सफल भएको बताए । म्याग्दीका ९ वटै परीक्षा केन्द्रमा १० वटा नीजिसहित ७१ वटा विद्यालयका १ हजार १सय ७ जना छात्रा र १ हजार १सय३१ जना छात्र एसईईमा सहभागी भएका थिए । जिल्लाको सम्रग नतिजा शुक्रबार दिउँसोसम्म सार्वजनिक गरिने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले बताए ।

Leave a Reply