बेनी नगरपालिका–९ तोरीपानीमा एकैदिन चितुवाले दुईजनालाई दिउँसो चितुवाले आक्रमण ग¥यो । मेलापातमा जाँदै गरेको अवस्थामा मेनका खत्री र विष्णु खत्रीलाई बाटोमै चितुवाले आक्रमण गरेपछि घाईते भए । चितुवाले झम्टिएपछि चितुवाको पञ्जाबाट दुवैजना फुत्किएपनि गाउँमा त्रास कायमै छ । राम्रोसँग कान नसुन्ने विष्णुलाई दुईपटक आक्रमण गरेपछि उपचारका लागि बेनी ल्याइयो ।

पछिल्ला केहीदिन यता तोरीपानी आसपासका क्षेत्रमा चितुवाले आतंक मच्चाएको छ । रातको समयमा घरआसपामै आएर पशुचौपायालाई आक्रमण गर्ने गरेको चितुवाले दिउँसो खेतबारी र पदैलमार्गमे आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका छन् ।‘दिउँसो सामुदायिक बन आसपासमा जानै हुन्न, फरकफरक ठाउँमा आक्रमण गरेकाले पनि एक्कै हिड्ने अवस्थै छैन्‘ स्थानीय गोपाल खत्रीले भने ।

उनले आफ्नै बहिनी र फुपुलाई आक्रमण गरेको बताउँदै विद्यालयमा आवतजावत गर्ने विद्यार्थीलाई चितुवाले आक्रमण गर्न सक्ने भएकाले पनि चितुवा नियन्त्रणको लागि सम्बन्धित निकायलाई माग गरिएको बताए । घरको ढोकामै आएर आंतक मच्चाउने गरेको स्थानीय गलेश्वर माविका शिक्षक गणेश बानियाँले बताए ।उनका अनुसार बालबालिकालाई एक्लै घरआपासमा समेत छोड्न सक्ने अवस्था नभएकाले गाउँलेलाई सचेत बनाइएको बताए ।

तोरीपानी आसपासका क्षेत्रमा धेरै चितुवा भएको अनुमान गरिएपनि आवश्यक प्रविधिको अभावले समस्या भएको बताए । क्यामेरा सहित अन्य उपकरण जडान गर्नुपर्नेमा स्थानीयले माग गरेका छन् । गाउँ नजिक जंगल आसपासबाट बस्तीमा आउने गरेको चितुवाले आतंक मच्चाएकाले ज्यान सुरक्षा माग गर्दै स्थानीयले जनप्रतिनिधि र प्रहरीलाई समेत मार्न अनुरोध गरेका छन् । तीनबर्ष यता लगातार मानिसलाई आक्रमण गर्न थालेपछि नरभक्षी चितुवा भएको स्थानीयको भनाई छ।

Leave a Reply