दलित र गैरदलित समुदाय बीचको एकता र सहकार्य बलियो बनाउन बेनी नगरपालिका वडा नं ३ भकिम्लीको बस्तीबस्तीमा कार्यक्रम गरिएको छ । समाजमा कुसंस्कारको रुपमा हजारौं बर्ष अगाडी जडा गाडेर बसेको जातीय छुवाछुत र विभेदको अन्त्यका लागी सामुहिक प्रयासका लागी भकिम्लीको ७ वटा गाउँमा विभिन्न कार्यक्रम गरिएको छ ।

प्रगतिशिल दलित मञ्चले आयोजना गरेको दलित र गैरदलित बीचको कार्यक्रमको समापनाको अवसरमा बोल्दै वडा अध्यक्ष पदम पुनले भकिम्लीमा जातिय छुवाछुत नभई समृद्ध वडा बनाउन सहकार्यलाई कार्यक्रमले सहयोग पुगेको बताएका थिए । उनका अनुसार वडाका बस्तीस्तरमा पुगे गरिएको कार्यक्रमले सहज भएको बताउँदै आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरे ।

उनले दलित र गैरदलित भन्दा पनि आर्थिक रुपमा आत्मनिर्भर बन्ने अभियानमा छुवाछुत लगाएतका विभदे बाधक हुने बताए । कार्यक्रमको समापनको अवसरमा दलित अगुवा टेकबहादुर विश्वकर्मा, मनकुमारी विक लगाएतले छुवाछुत समाजकै विष भएकाले त्यसलाई सामुहिक प्रयासबाटै अन्त्य गर्नुपर्ने बताएका थिए ।दलित र गैरदलित समुदाय बीचको सांस्कृतिक र सामाजिक मुल्य र मान्यतालाई एकरुपता ल्याउने कार्यक्रम गरिएको प्रगतिशिल दलित मञ्चका अध्यक्ष रामबहादुर किसानले बताए ।

करिव एकसयबर्ष अगाडी नै ब्राम्हणहरूले हलो जोतेर जातिय विभेदको अन्त्यका लागि समेत अभियान सुरु गरेकाले नयाँ पुस्ताले सोही अभियानलाई निरन्तरता दिनुपर्ने बताए । दलित र गैरदलितको सामाजिक चालचलन मिल्दोजुल्दो हुने भएकाले जन्मदेखि मृत्युसम्मको अधिकांस संस्कार समेत उस्तै भएकाले पनि विभेद अन्त्यका लागि नयाँ पुस्तालाई जागरुक बनाउनुपर्नेमा जोड दिइएको थियो । बालबालिकादेखी बृद्धबृद्धा सहभागी रहेको कार्यक्रमले सकारात्मक प्रभाव पारेको बताइएको थियो । यसैबीच जिल्लामा अधिकांस दलितले समेत हिन्दु धर्म मान्ने भएकाले पनि विभेदका कारण विदेशी धर्म मान्नुपर्ने बाध्यता रहेकोले पनि छुवाछुत अन्त्य गर्नुपर्ने बताइएको थियो ।

Leave a Reply