२०७५ सालको माध्यामिक शिक्षा (एसईई) परीक्षामा सामुदायिक तर्फको छात्रातर्फ जामुनाखर्क मावि अर्थुङ्गेकी प्रतिभा ढुङ्गानाले ३.५५ जीपीए ल्याएकी छन् । बिहिबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा ढुङ्गानाले जिल्लाभरका सामुदायिक विद्यालयका छात्रातर्फबाट सबैभन्दा धेरै जीपीए ल्याएको विद्यालयका प्रधानध्यापक सोमनाथ ढुङ्गानाले बताए ।

उनले ढुङ्गानाले जिल्लाकै सर्वोत्कृष्ट नतिजाको अपेक्षा गरिएको अवस्थामा छात्रातर्फको नतिजामा उत्कृष्ट भएको बताए ।
बेनी नगरपालिका वडा नं ६ अथुङ्गेकी ढुङ्गानाले विज्ञान विषयमाफर्त आफ्नो शैक्षिक भविस्यलाई अगाडी बढाउने बताएकी छन् ।ढुङ्गानाका बुबाआमा दुवै सामुदायिक विद्यालयका शिक्षक हुन् ।

जिल्लामा सामुदायिक विद्यालयमा अब्बल जामुनाखर्कबाट प्राप्त गरेकोा शिक्षासँगै विज्ञान विषयमार्फत भविस्यमा डाक्टर बनेर सेवा गर्ने चाहना रहेकाले बताईन् । विद्यालयबाट ढुङ्गान बाहेक ६ जनाले ३ जीपीए ल्याएको विद्यालयका शिक्षक गणेश केसीले बताए । म्याग्दीमा यसबर्ष सामुदायिकतर्फ जिल्लामा राष्ट्रिय मावि नेप्टेचौरका निशान चोखालले ३.७० जीपीए ल्याएर सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याएका छन् ।

Leave a Reply