राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा म्याग्दीमा बृक्षारोपण गरिएको छ । राष्ट्रिय अभियान अन्तरगत डिभिजन वन कार्यालयको संयोजनमा गलेश्वर ठूलो सल्लेरी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा बेनी नगरपालिका–९ काउलेगौडामा वृक्षारोपण गरिएको समुहका अध्यक्ष पुन्य चोखालले बताए । सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले सुभारम्भ गरेको कार्यक्रममा डिभिजन वन अधिकृत हरिशचन्द्र सापकोटा, वडा अध्यक्ष बेलबहादुर चोखाल लगायत जनप्रतिनिधि सहित स्थानीय उपभोक्ताहरुको उपस्थिती थियो ।

देशभर चालू आर्थिक वर्षमा असारे फूल, तेजपात, राजवृक्ष, पैँयु, कपुरलगायतका पाँच करोड बिरुवा रोप्ने योजना अन्तरगत म्याग्दीमा डेढ करोड बिरुवा रोप्ने योजना रहेको डिभिजन बन अधिकृत सापकोटाले बताए । यता धवलागिरी गाउँपालिकाको वडा नं ७ ताकममा गाउँपालिका अध्यक्ष थमसरा पुनमगरले टिम्मुरको बिरुवा रोपण गरी अभियानको सुरुवात गरेकी छन् ।

उनले गाउँपालिकाभित्रका सबै वडाभित्र हुने विभिन्न प्रजातिका बिरुवा खरिद गरी वितरण गरिने बताईन् । यसबीच पार्टीको केन्द्रिय निर्देशन अनुसार नेकपाको पार्टी कार्यालय परिसर बेनी नगरपालिका–२ हाँडेभिरमा वृक्षारोपण गरिएको छ । नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, सचिव हरिकृष्ण श्रेष्ठ, जिल्ला तथा प्रदेश कमिटीका सदस्यले विभिन्न प्रजातिका बिरुवा रोपेका थिए ।

Leave a Reply