गत बिहिबार सार्वजनिक भएको माध्यमिक शिक्षा परिक्षा (एसईई)को नतिजामा म्याग्दीमा ३.६४ देखि ४ जीपीएको बीचमा ल्याउने विद्यार्थी ३४ जना रहेका छन् । राष्ट्रिय परिक्षा बोर्डले गत बर्षको चैत महिनामा सञ्चालन भएको एसईई परीक्षामा ३.६४ देखि माथी जीपीए ल्याउनेमा सबैभन्दा धेरै न्यू वेष्ट पोइन्ट आवासीय माविका १२ जना छन् । त्यस्तै लिटल गार्डेन एकेडेमी ८ जना र बेनी आवासीय माविका ८ जना छन् । नीजीसँगै केही सामुदायिक विद्यालयले समेत उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।

जिल्लाभरबाट १० वटा निजी सहित ७१ वटा विद्यालयबाट १ हजार दुई सय २९ जना विद्यार्थी सहभागी रहेको परिक्षामा सदरमुकाम बेनीको माउण्ट एभरेष्ट आवासीय मावि २, गलेश्वर आर्दश मावि १ रहेका छन भने सामुदायिक विद्यालयतर्फबाट राष्ट्रिय मावि घतान, गलेश्वर मावि प्राविधिक धार, तोरीपानी १, मक्तिथाम मावि भगवती १ जनाले ३.६४ देखि माथी जीपीए ल्याएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाले बताए ।

बेनी नगरपालिकास्तरमा रहेका नीजी तथा सामुदायिक विद्यालयको नतिजा उत्कृष्ट हुने गरेको अवस्थामा गाउँपालिकाबाट हरेक बर्ष निकै न्यून संख्यामा विद्यार्थीको नतिजाबाट सन्तुष्ट हुनुपर्ने अवस्था रहेकाले गुणस्तरीय शिक्षा तथा विद्यार्थीमा पढ्ने बानीको विकास गर्नुपर्ने नतिजाले देखाएको छ । शिक्षा विकास समन्वय इकाईले दिएको विवरण अनुसार ३.२५ देखि ३.९ जिपिए ल्याउनेको संख्या १७५ जना छ । यसैगरी २.८५ देखि ३.२ जिपिए (बि प्लस ग्रेड) ल्याउनेको संख्या ३५३ जना छ । ६६५ जना ले २.४५ देखि २.८ जिपिए, ६६० जनाले २.०५ देखि २.४ जिपिए, १.६५ देखि २.० जिपिए ३१९ जना, १.२५ देखि १.६ २२ र ०.८५ देखि १.२ जिपिए ल्याउने एक जना छन् ।

Leave a Reply