काठमाडौं चन्द्रागिरी नगरपालिका १२ बलम्वु दूरसञ्चार नजिकै एसइई परीक्षाको नतिजाका कारण एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन्।अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नम्बर ७ घर भई चन्द्रागिरी १२ बलम्वु दूरसञ्चार  श्री बलम्वु माविबाट यस वर्ष एसइई परीक्षा दिएकी सदिक्षा पौडेलले झुण्डिएर आत्महत्या गरेकी हुन्।

परिवारलाई उद्धृत गर्दै महानगरीय प्रहरी प्रभाग बलम्वुका अनुसार एसइईमा ए प्लस नतिजा नआएपछि आत्महत्या गरेको हुन सक्ने प्रमुख शंकर खड्का बताए। प्रहरी उनको शवलाई शिक्षण अस्पतालमा पोस्टमार्टम गर्न पठाइएको छ।बलम्वु माध्यमिक विद्यालयबाट पौडेलको एसइईमा जिपिए ३.६ आएको थियो।

Leave a Reply