रोपाईका बारेमा समेत समान्य जानकारी नभएका बालबालिकाले दिवसको अवसरमा अभिभावकसंगै खेतमा पुगेर धान रोप्दै दिवस मनाएका छन् । माउण्ट एभरेष्ट आवासीय मावि अन्र्तरगत सञ्चालित स्मल हेभन मन्टेसरीमा अध्ययरत बालबालिकाले बेनी नगरपालिका–७ अग्नीखेतमा अभिभावक संगै धान रोपेका हुन् । हातमा विउ लिएर खेतमा पसेका बालबालिकाले अभिभाव संगै धान रोपेको दृष्य हेर्न लायकको थियो। गतबर्षजस्तै खेतमा पुगेका बालबालिकालाई अभिभावकले रोप्न सिकाएका थिए ।

पुर्व प्राथमिक तहका बालबालिकालाई ब्यवहारिक विषयमा केन्द्रित गराउने र रोपाई भएको ठाउँमा गोडमेल तथा काट्न समेत ल्याउने मन्टेसरीकी कोअर्डिनेटर बिबा पुनले बताईन् । ‘हेदैं सिक्दै गर्ने अभ्यासलाई प्राथमिकता दिएका छौ,‘आगामी बर्ष समेत यसलाई निरन्तरता दिन्छौ’पुनले भनिन् । उनले धान, गोरु देखेर दंग परेका विद्यार्थीलाई धान खेतीको महत्वका बारेमा समेत जानकारी गराउने बताईन् ।

छोराछोरीले धान रोपेको हेर्न र फोटो खिच्न आउने अभिभावकले समेत खेतमै पुगेर छोराछोरीलाई विभिन्न जानकारी गराइरहेका थिए ।कलिलै उमेरमा जानकारी गराउन ब्यवहारिक शिक्षा समेत आवश्यकता रहेको अभिभावक अस्मी महतले बताईन् । मेहनत पछिको फलका बारेमा समेत अभिभावकसंगै ल्याएर जानकारी गराउने गरेको विद्यालय सञ्चालक समितिका सदस्य सुविन श्रेष्ठले बताए । उनले सहर बजारमा जन्मिएका बालबालिकालाई ग्रामिण क्षेत्रको दैनिकीका बारेमा जानकारी गराउन आवश्यकता रहेको बताए ।

Leave a Reply