प्रर्याप्त बर्षाको अभावमा मध्य असारसम्म जिल्लाका जिल्लामा करिव १३ प्रतिशत रोपाई सकिएको छ । मानो छरेर मुरी उब्जाउने असारमा खोलानदीमा मूल नफुटेका कारण रोपाईमा समस्या भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्दराज कोइरालाले बताए । विगतका बर्षमा असारको दोस्रोसातासम्म करिव २० प्रतिशत धान रोपाई सकिन्थ्यो ।

सिचाई सुविधा भएका अधिकाँस स्थानमा रोपाई सकिएको छ । कुल खेतीयोग्य जमिनमध्ये ३ हजार ८ सय ९५ क्षेत्रफलमा धान खेती हुन्छ । जिल्लामा स्थानीय जातका गौरिया, गुडुरा, ताकमारे, मार्सी, भट्टे लगाएतका आयातित विकासे जातका अन्नपूर्ण ३, छमरुङ, खुमला ४, खुमला १० लगाएतका जातका धान रोप्दै आएका छन् ।

जिल्लामा १२ हजार ७ सय ३ मेट्रिक टन धान उत्पादनको अनुमान गरिएपनि बेनी नगरपालिका सहित अन्य पाँच वटै स्थानीय तहका बाँधो खेतका कारण कुल जनसंख्याको अनुपातमा १४ सय मेट्रिकटन खाद्यबाली आयात गर्ने गरिएको छ ।ग्रामिण क्षेत्रका यूवाहरू धमाधम विदेश पलायन, बसाईसराईका कारण खेतीयोग्य जमिन समेत प्रयोगविहिन अवस्थामा रहेकाले पनि सिचाई सहित खेतीका लागि प्रोत्साहनका लागी स्थानीय तहमा उत्पादनमुखी कृषि योजना बनाउन सकेमा आयातलाई रोक्न सकिने कृषिका जानकारहरु बताउँछन् ।

हिमाली क्षेत्रका बासिन्दाले अन्य अन्नबाली उत्पादन गर्ने भएपनि चामल आयात गर्ने गरेका छन्। यसैबीच जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी १६ औं धान दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र म्याग्दी र बेनी नगरपालिका–५ मा रहेको महारानी कृषि समुहको संयुक्त आयोजनामा धान दिवस मनाइएको छ । गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसीले धान दिवसको उद्घाटन गरे ।

उनले कृषि नेपालमा हरेक कृषिजन्य बस्तु छिमेकी राष्ट्रबाट आयात गर्नुपर्ने अवस्था रहेको बताउँदै्र कृषिलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्न अनुरोध गदैं परम्परागत प्रणालीलाई परिवर्तन गर्नुपर्ने बताए । कार्यक्रममा पूर्व सांसद एवम् नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल र नेपाली कांग्रेस म्याग्दीका सचिव क्याप्टेन मिन बहादुर कार्कीले बोलेका थिए । कार्यक्रममा वडा अध्यक्ष लक्ष्मन बानियाँ,महारानी कृषि समुहका अध्यक्ष विरबहादुर जिसी लगायतले बोलेका थिए ।

Leave a Reply