बाटोमा हिडिरहेको अवस्थामा विद्युतको पोलबाट तार चुडिएर अनाचक विद्युत प्रवाह हुदाँ करेन्ट लागे शरीर जलेकी एक महिलाको उपचारका  क्रममा मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नं ५ देविस्थानकी दुर्गादेवी रोका मगर जलेर गम्भीर घाईते भएकी थिईन् ।पैदलयात्राको क्रममा एक्कासी ताल शरीरमा खसेपछि प्रवाह भएको विद्युतका कारण रोकाको शरीरका अधिकांस भाग जलेको थियो ।

गम्भीर अवस्थामा उद्धार गरिएकी रोका मगरलाई प्राथमिक उपचारपछि मणिपाल अस्पताल पोखारमा १९ दिनसम्म उपचार गरी थप उपचारका लागि किर्तिपुर दगचन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भरत रानाले बताए । उपचारमा भएको खर्च ब्यवस्थापनमा समस्या भइरहेको छ । लघुजलविद्युतलाई उपचारमा भएको खर्च ब्यर्होन पीडितका आफन्तले माग गरेका छन् ।

रोकाका श्रीमानले ४ बर्ष अगाडी दोस्रो विवाह गरेर बागलुङ्गमा बस्न थालेपछि रोकाको २ छोरा र ३ छोरी छन् । आमाको उपचारको क्रममा मृत्यु र बुबाले छोडेर गएपछि बालबालिकाको विचल्ली भएको छ । ज्यालामजदुरी गरी परिवारको रेखदेख गर्ने गरेकी दुर्गादेवीले पटकपटक उपचारकै क्रममा छोराछोरीको हातमुख जोड्न पनि बचाउन याचना गरेकी थिईन् ।

उनले आफ्नो उपचारपछि एउटा खुटाले हिडेर भएपनि छोराछोरीलाई शिक्षादिक्षामा सहयोग जुटाउने बताएकी थिईन् । दुर्गादेबीका बारेमा बेनीअनलाइनले समाचार प्रकाशित गरेपछि आर्थिक सहयोग समेत जुट्न थालेको थियो । धारापानीबाट विदेशमा रहेकाले सहयोग संकलन गरिरहेका छन् । उपचारको क्रममा एउटा खुट्टा काटेर फालिएको थियो भने शरीरका विभिन्न भाग जलेको थियो ।

Leave a Reply