????????????????????????????????????

(असार १९ गतेदेखि २५ गतेसम्म)
मेषः पारिवारिक सुख तथा प्रेम प्रसंग चल्नेछ । मित्रहरुको सहयोग मिल्नेछ । बाँकि रहेका कामहरु पूरा हुनेछन् । आम्दानी बढ्नाले मन प्रसन्न रहनेछ । साताको शुरुवातमा भने केही पारिवारिक समस्या बढ्नेछ ।
वृषः शुभ खबर प्राप्त हुनुका साथै मन प्रसन्न हुनेछ । आफन्त तथा मित्रहरुबाट सहयोग बढ्नेछ । छोटो दुरीको यात्रा गर्नुपर्ने देखिन्छ भने धार्मिक कार्यमा मन जानेछ । साताको शुरुवाति दिनहरुमा भने केही स्वास्थ्य समस्याहरु आउनेछन्् ।
मिथुनः ब्यापार तथा आयमा वृद्धि हुनेछ । मित्रहरुबाट पूर्ण सहयोग मिल्नेछ । मन प्रसन्न रहनेछ । मित्रहरुको सहयोग बढ्नेछ । समाजमा प्रतिष्ठा बढ्नुका साथै शुभ खबर प्राप्त हुनेछ । साताको अन्त्यतिर भने कार्यमा विलम्भ हुनेछ ।
कर्कटः धार्मिक तथा सामाजिक प्रतिष्ठा बढ्नेछ । ब्यापार ब्यवसायमा लाभ हुनेछ । भेटघाटको अवसर मिल्नेछ । प्रेम प्रसङ्ग चल्नेछ । सामाजिक कार्यहरुमा सफलता मिल्नेछ । बोलीको प्रभाव बढेर जानेछ । यात्रा लाभदायक देखिन्छ ।
सिंहः ब्यवसाय बढ्नेछ । अधुरा कामहरु पुरा हुनेछन् । आफन्तहरुबाट सहयोग मिल्नेछ भने छोटो दुरीको यात्राको गर्नुपर्ने देखिन्छ । आत्मसम्मान बढेर जानेछ । मन प्रसन्न रहला । साताको शुरुवाततिर भने अनावस्यक खर्च बढ्नेछ ।
कन्याः यात्रा तथा मनोरञ्जनको अवसर प्राप्त हुनेछ । आम्दानी बढेर जानेछ । नयाँ तथा शुभ खबर सुन्न पाइनेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । उत्सव समारोहमा उपस्थित भएर मीठो खान पाइनेछ । साताको मध्यतिर भने स्वास्थ्य समस्या बढ्नेछ ।
तुलाः यात्राका अवसरहरु प्राप्त हुनेछन् । आफन्तहरुबाट सहयोग पनि मिल्नेछ । मान्यजनहरुको भेट र सहयोगले मनमा उत्साह बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ । साताको अन्त्यतिर भने स्वास्थ्य समस्या बढ्ने देखिन्छ ।
वृश्चिकः पारिवारिक शुख बढ्नेछ । प्रेम प्रसङ्ग चल्नेछ । यात्राको अवसर मिल्नेछ । सामाजिक कामहरुबाट सफलता मिल्नेछ । आम्दानी बढ्नुका साथै पारिवारिक सहयोग मिल्नेछ । यो साता समय लाभदायक देखिन्छ ।
धनुः मीठो खान पाइनेछ । ब्यापारमा लाभ मिल्नेछ । मित्र तथा आफन्तहरुसँगको भेटले मनमा उत्साह बढ्नेछ । शुभ खबरहरु प्राप्त हुनेछन् । कार्यमा सफलता मिल्नेछ । साताको शुरुतिर भने पारिवारिक विवाद तथा समस्या बढ्नेछ ।
मकरः मन प्रसन्न हुनुका साथै कार्यमा सफलता मिल्नेछ । अधुरा कार्यहरु पूरा हुनेछन् । यात्रा गर्न पाइनेछ । ब्यापार तथा जागिरमा लाभ हुनेछ । बोलिको प्रभाव बढ्नेछ । साताको मध्यतिर भने आर्थिक समस्या हुनेछ ।
कुम्भः मान्यजन तथा आफन्तहरुबाट सहयोग मिल्नेछ । शुभ खबर सुन्न पाइनेछ । यात्रा फलदायक देखिन्छ । सहयोगीहरु बढेर जानेछन् । रोजगारीका अवसरहरु प्राप्त हुनेछन् । साताको मध्यतिर भने आर्थिक समस्या बढ्ने देखिन्छ ।
मिनः मित्रहरुको सहयोगले अधुरा कामहरु सफल हुनेछन् । उत्साह बढेर जानेछ । मीठो भोजनको अवसर मिल्नेछ । बोलिको प्रभाव बढ्नेछ । शुभ खबर प्राप्त हुनेछ । मनोरञ्जनको अवसर मिल्नेछ । समय लाभदायक देखिन्छ ।

(नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने यी हुन् यस साताका शुभ समयहरु)
१९ गते बिहिबार
(पश्चिम तथा उत्तर दिशाको साइत शुभ)
शुभयोगः बिहानको ५–३७ देखि ७–१३ बजेसम्म
ःदिनको ४–५३ देखि ६–२९ बजेसम्म
लाभयोगः दिनको १२ –०३ देखि १ –४० बजेसम्म
अमृतयोगः दिनको १ –४० देखि ३–११६ बजेसम्म

२० गते शुक्रबार
(उत्तर दिशाको साइत शुभ)
लाभयोगः बिहानको ७–१२ देखि ८–४९ बजेसम्म
अमृतयोगः बिहानको ८–४९ देखि १० –२६ बजेसम्म
शुभयोगः दिनको १२ –०३ देखि १ –३९ बजेसम्म

२१ गते शनिबार
(दक्षिण तथा उत्तर दिशाको यात्रा शुभ)
शुभयोगः बिहान ७–१२ देखि ८–४९ बजेसम्म
लाभयोगः दिनको १ –३९ देखि ३–१६ बजेसम्म
अमृतयोगः दिनको ३–१६ देखि ४–५३ बजेसम्म

२२ गते आइतबार, दही चिउरा खाने दिन
(उत्तर तथा पूर्व दिशाको यात्रा शुभ)
लाभयोगः बिहानको ८–४८ देखि १० –५० बजेसम्म
अमृतयोगः बिहानको १० –२५ देखि १२ –०२ बजेसम्म
शुभयोगः दिनको १ –३९ देखि ३–१७ बजेसम्म

२३ गते सोमबार
(दक्षिण दिशाको यात्रा शुभ)
अमृतयोगः बिहानको ५–३३ देखि ७–१० बजेसम्म
ःदिनको ४–५४ देखि ६–३२ बजेसम्म
शुभयोगः बिहान ८–४७ देखि १०–२५ बजेसम्म
लाभयोगः दिनको ३–१७ देखि ४–५४ बजेसम्म

२४ गते मंगलबार
(पूर्व तथा दक्षिण दिशाको साइत शुभ)
लाभयोगः बिहानको १०–२४० देखि १२–०२ बजेसम्म
अमृतयोगः दिनकोको १२–०२ देखि १–३९ बजेसम्म
शुभयोगः दिनको ३–१७ देखि ४–५५ बजेसम्म

२५ गते बुधबार
(पश्चिम तथा दक्षिण दिशाको साइत शुभ)
लाभयोगः बिहानको ५–३१ देखि ७–०८ बजेसम्म
ःदिनको ४–५५ देखि ६–३३ बजेसम्म
अमृतयोगः बिहानको ७–०८ देखि ८–४६ बजेसम्म
शुभयोगः बिहानको १०–२४ देखि १२–०२ बजेसम्म

ज्योतिष अनुसन्धान केन्द्र, क्याम्पसचोक बेनी, म्याग्दी ।
विस्वको जुनसुकै ठाउँमा जन्मिएका ब्यक्तिहरुको त्रुटिरहित चिनाहरु बनाउनु परेमा, चिनाहरु हेर्नु परेमा, सय बर्षभन्दा पुराना पात्राहरु हेर्नु परेमा, ज्योतिष सम्वन्धि सम्पूर्ण कामका लागि तथा जुनसुकै पूजाका समाग्रीहरु चाहिएमा पनि हामीलाई सम्झनुहोस् । ज्यो. श्रीकृष्ण भुषाल, सम्पर्क नम्बरः ९८४७१३८७०६

Leave a Reply