म्याग्दीको चिमखोलाका एक बृद्ध बागलुङबाट सम्पर्कविहिन भएका छन् । रघुगंगा गाउँपालिका वडा नं ७ का अन्दाजी ६५ बर्षिय जयबहादुर पुन असार १३ गते पेन्सन लिन भन्दै बागलुङ गएको अवस्थामा गत असार १७ गतेदेखि बागलुङबाटै सम्र्पकविहिन भएका हुन् ।

एक्कासी सम्पर्कविहिन भएपछि बृद्ध पुनका परिवारले बागलुङमा खोजीकार्य गरेपनि पत्ता लाग्न नसकेपछि प्रहरीलाई जानकारी गराइएको छ ।  खोजिका लागि परिवारका साथै स्थानीयबासी समेत लागि परेको बताउँदै कसैले देखे नजिकको प्रहरी चौकीमा खबर गरिदिन आग्रह समेत गरेका छन् । पेन्सनको पैसा लुट्ने समुहको फन्दामा परेको हुनसक्ने भन्दै परिवारले चिन्ता जनाएका छन् ।

Leave a Reply