राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले भारतीय चलचित्रसँग सम्बन्धित आइफा अवार्डका लागि छुट्याइएने भनिएको पैसाले अरु महत्वपूर्ण काम गर्न सरकारसँग आग्रह गर्नुभएको छ । आइफाका लागि काठमाण्डौ महानगरपालिका र नेपाल पर्यटन बोर्डले दिने भनेको कम्तीमा ४४ करोड रुपैयाँबाट धेरै महत्वपूर्ण काम गर्न सकिने भन्दै पुनले केही विकल्प पनि दिनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले यो रकमबाट बाग्मती र विष्णुमतीमा मिसिने ढलहरुलाई नदीमा मिसिनुभन्दा पहिल्यै प्रशोधन गरेर खाना पकाउने ग्यास निकाल्ने र नदीमा सफा पानी छोड्ने दुईओटा प्लाण्टकाे व्यवस्था गर्न सकिने सुझाव दिनुभएकाे छ । पुनले महानगरपालिका भित्रबाट संकलन हुने फोहरमैलालाई प्रशोधन गर्ने र त्यसबाट बिजुली पनि निकाल्ने एउटा ठूलो प्लाण्ट राख्न सकिने बताउनुभएको छ ।

यस्तै काठमाण्डौमा भित्रिने सम्पूर्ण फलफूल तथा तरकारीलाई प्रशोधन गरेर विषादीमुक्त गराउने एउटा ठूलो प्लान्ट राख्न, प्रतिभाशाली र सिर्जनशील नेपालीलाई उद्यमी बनाउन एउटा ठूलो अनुसन्धान केन्द्र खोलेर उनीहरुलाई देश विकासमा लगाउन पनि उहाँले आग्रह गर्नुभएको छ । unn.com.np/

यस्ताे छ उहाँकाे फेसबुक स्टाटस–

कुरा बुझ्दा बहुचर्चित आईफा अवार्ड अब नेपालमा नहुने जस्तो पो देखियो. यदि काठमान्डूमा भएन भने काठमाडौँ महानगरपालिकाले सो कार्यक्रमको लागि दिने भने को ४४ करोड रुपैंया बच्ने भयो. लौ ता महानगरपालिका र महानगरपालिकाका जागरुक बासिन्दाहरु त्यो ४४ करोड रुपैंया खर्च गरेर कुनै एउटा ठोस काम गरौँ ता. यदि आइडिया आएन भने राष्ट्रिय आविष्कार केन्द्रले पनि ठोस सहयोग दिन सक्छ. सो रकम बाट धेरै किसिमका कामहरु गर्न सकिन्छ. तल दिईएको कामहरु मध्य छानेर कुनै एउटा गरौँ न त अथवा ति भन्दा अरु पनि काम गर्न सकिन्छ. उदाहरणको लागि तल हेर्नु होस्.

१. बागमती र बिष्णुमतिमा मिसिने ढल हरुलाई नदीमा मिसिनु भन्दा अगाढी नै प्रसोधन गरेर खान पकाउने ग्यास निकाल्ने र नदीमा सफा पानी छोड्ने दुइ ओटा प्लान्ट बनाउने.
२. महानगरपालिका भित्र बाट संकलन हुने फोहर मैलालाई प्रसोधन गर्ने र त्यस बाट बिजुली पनि निकाल्ने एउटा ठुलै प्लान्ट राख्ने.
३. काठमान्डूमा भित्रिने सम्पूर्ण फलफुल तथा तरकारीलाई प्रसोधन गरेर बिषादी मुक्त गराउने एउटा ठुलो प्लान्ट राख्ने
४. प्रतिभाशाली र सृजनशील नेपालीहरु लाई उद्यमी बनाउन एउटा ठुलो अनुसन्धान केन्द्र खोलेर उनीहरुलाई अनुसन्धान गर्न मदत गर्ने एउटा ठुलो platform खोलेर उनीहरुको प्रतिभालाई देश बिकासमा लगाउने.

यी त केहि आइडियाहरु मात्र भए. अरु थुप्रै आइडियाहरु तपईहरुले पनि थप्नुहोस. जे होस् त्यो ४४ करोड रुपैंयाको मज्जाले सदुपयोग गर्न सकिन्छ.

Leave a Reply