सलिना राम्जालीलाई पविसरा स्मृति कोषले ५० हजार नगदले सम्मान गर्ने

0

माउण्ट एभरेष्ट आवासीय माविबाट माध्यमिक शिक्षा परिक्षा (एसईई) बाट जिल्लामै उत्कृष्ट नतिजा ल्याएकी सलिना राम्जालीलाई पविसरा रोका स्मृति कोषले ५० हजार नगद पुरस्कार सहित सम्मान गर्ने भएको छ । मंगला गाउँपालिका वडा नं १ कुहुँ तुसारेपानीकी राम्जालीलाई प्रोत्साहन स्वरुप कोषले ५० हजार नगदले सम्मान गर्ने कोषका संस्थापक सदस्य एवम् मोना अस्टे«यिकाका अध्यक्ष मुक्ति रोकाले बताए ।

‘शैक्षिक क्षेत्रमा अझै थप सफलताको शुभकामना ब्यक्त गर्दछु,‘कोषले शिक्षा क्षेत्रलाई केन्द्रित गरी कार्यक्रम गर्ने गरेको छ’ रोकाले भने । उनले गाउँकी छोरीले उत्कृष्ट नतिजा ल्याएकाले यसपटक कोषमार्फत पुरस्कारको ब्यवस्था गरिएको बताए । राम्जालीले ३.८० जीपीए ल्याईकी थिईन् । कोषले राम्जालीलाई वितरण गरेको पुरस्कार वितरणलाई नियमित भन्दा गाउँकै छोरी भएकाले यसपटक कोषबाट उक्त सम्मान गरिएको जनाएको छ ।

स्वर्गीय पविसरा रोकाको स्मृतिमा स्थापना गरेको कोषको संस्थापक संरक्षक एवम् समाजसेवी गणेशबहादुर रोका सहितको टोलीले काठमाण्डौमा कार्यक्रम गरी सम्मान गर्ने जनाइएको छ । कोषमार्फत कुहुँको दिपशिखा माविमा छात्रबृत्ति सहित बार्षिक कार्यक्रम तथा वडास्तरीय खेलकुद सहित शैक्षिक कार्यक्रम समेत सञ्चालन गर्ने गरिएको छ। बि.श २०६३ सालमा स्थापना भएको कोषले कुहुँ बाहेक जिल्लामा विपद् ब्यवस्थापन तथा मानवीय सेवामा समेत सहयोग गर्ने गरेको छ । यसैबीच कोषले कुहुँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका योजना तथा बालविकासदेखि नै विद्यार्थीलाई शिक्षामा आर्कषित गर्ने गरी आगामी दिनमा विभिन्न सहयोगको जनाएको छ ।

Leave a Reply