भारतबाट हुने आयातित तरकारी तथा फलफूलको बिषादी परीक्षण योजना दुई सातामै तुहिएको छ । आयात प्रतिस्थापन र स्वदेशी उत्पादन बढाउन आदेश परिमार्जन गरी जारी गरे पनि प्रयोगशालाको अभाव र भारतीय दूतावासको दबाबमा तत्काल बिषादी परीक्षणको निर्णय फिर्ता लिइएको हो ।

प्लान्ट क्वारेन्टाइन एवं बिषादी व्यवस्थापन केन्द्रका अनुसार मुलुकभित्र करिब २९ ग्रुपका बिषादी प्रयोग भइरहेका छन्। फलफूल तथा तरकारीमा दर्जन ग्रुपका बिषादी प्रयोग गरिन्छ। तर, ती मध्ये नेपाली प्रयोगशालाबाट दुई ग्रुप (काब्रामाइट र अर्गानोफोस्पेट)को मात्रै परीक्षण हुन्छ। ती बाहेक अन्य ग्रुपको बिषादी स्वदेशी प्रयोगशालाले एकिन गर्न सक्दैन। बिषादी परीक्षणबाहेक बिषादीको अवशेष मात्रा पनि निर्धारण गरिएको छैन।

देशमा कृषि उत्पादन वृद्धि, किसानलाई प्रोत्साहन दिन आयातित फलफूल तथा तरकारीको बिषादी परीक्षण गर्नु एकदमै जायज हो । बिषादीजन्य तरकारी तथा फलफूल आयातमा बन्देज नै गर्नुपर्ने जानकारहरु बताउँदै आएका छन् । तर, त्यसका लागि सबै नाकामा परीक्षण गर्ने व्यवस्थासहित कार्यान्वयन गर्नुपर्थ्यो । हचुवाको भरमा ऐन कार्यान्वयन गर्न खोज्दा दुई सातामै सरकारपछि हट्नुपर्ने बाध्यता भएको हो ।प्रयोगशालाको तयारीबिनै परीक्षण गर्दा भन्सार फलफूल तथा तरकारी बोकेका गााडीहरु नाकामै रोकिएका थिए । व्यवसायीहरु स्वयम्ले काठमाडौं ल्याएर परीक्षण गरी पुनस् भन्सार नाकामा लगेर गाडी छुटाउने गरेका थिए ।

सरकारले बिषादी परीक्षणमा कडाई गरेपछि भारतीय दूतावासले पनि चासो दिएको थियो । दूतावासले तत्काल समाधान गर्न कृषि मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा समेत दबाब दिएको थियो ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कालीमाटी बजारमा मात्रै भारतबाट करिब ४० प्रतिशत भित्रिन्छ । भारतीय किसानलाई पनि असर गरेपछि दूतावासले बढी सक्रिय भएको थियो ।

दूतावासले चाँडै प्रयोगशाला स्थापना गरेर परीक्षण गर्न दबाब दिएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले जाँचको लागि पूर्वाधार नभएको स्वीकारे । पूर्वाधारका लागि कम्तीमा ९ महिना समय चाहिन्छ । खरिद ऐन, अर्थको बजेट र टेण्डर गरेर स्थापना गरेर प्रतिनिधि पठाउँदा कम्तीमा ९ महिना लाग्छ ।भारतबाट आयात गरेर बिक्री गर्दा व्यवसायीलाई सोझौ ३० रुपैयाँ फाइदा हुन्छ । कब्जा गरेको बिचौलियाले अनिवार्य भारतबाट ल्याएका छन् ।कृषि सचिव युवकध्वज जिसीले निर्णयबाट पछि नहटेको बताए । उनले दक्षिणरउत्तर नाकाका लागि आवश्यक प्रयोगशाला माग गरेको बताए । एजेन्सीको सहयोगमा

Leave a Reply