नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकारको विरोधकै लागि भएपनि केहीले मास्क लगाउन थालेको आरोप लगाउनु भएको छ । सरकारको विरोध गर्नैका लागि कतिपयले मास्क लगाउन थालेको र त्यो स्वास्थ्यको लागि उपयुक्त रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री समेत रहनु भएका ओलीले भन्नुभयो, कोहीले धुलो धुवाबाट जोगिन मास्क लगाउन थालेका छन्,कोहीले सरकारलाई चुनौती दिनको लागि भएपनि मास्क लगाएका छन्, जे भभएपनि स्वास्थ्यलाई फाइदा पुग्छ , सरकारको विरोधकै लागि भएपनि मास्क लगाउनेहरुलाई पनि मेरो शुभकामना छ, मास्क लगाउने बानी गर्दा राम्रै हुन्छ। मेरो रिसले भए पनि मास्क लगाइदिनुस्’ ।

केही दिन अघि प्रधानमन्त्री ओलीले एक कार्यक्रममा अहिले मास्क लगाउने अवस्था नरहेको भनेपछि सामाजिक सञ्जालमा यसको अलोचना भइरहेको थियो । पूर्व नयाँ शक्ति नेपाल पार्टीका नेताहरुलाई नेकपामा भित्र्याउँदै प्रधानमन्त्री ओलीले सो बताउनु भएको हो ।

Leave a Reply