पश्चिम म्याग्दीको मुनामा पहिलोपटक ब्यवसायीक रुपमा जर्सी गाईपालन सुरु गरिएको छ । परम्परागत गाईपालनमा आर्कषिक मुनाबासीलाई गर्मी ठाउँमा पालिने जर्सी गाईपालनमा आर्कषित गर्ने उदेश्यले धवलागिरी गाउँपालिका वडा नं ३ मुनाको ३ लाख ७२ हजार अनुदानमा विदेशबाट फर्किएका मोतीप्रसाद पुनले ब्यवसायीक गाईपालन गरेका हुन् । गाउँमा परम्परागत गाईपालनलाई विस्थापित गरी हरेक किसानले उन्नतजातको गाईपालनबाट मनग्य आम्दानी गर्ने सक्ने सम्भावनालाई मध्यनजर गरी मोडल फर्मको रुपमा अनुदान दिइएको वडा अध्यक्ष पुर्म पुनले बताए ।

‘यहाँ परम्परागत गाईपालन बाध्यता बनेको छ,‘आर्थिक अभावकै कारण धेरैले निर्वाहमुखी पशुपालनमा छन्’ उनले भने । मुना र दर गाउँमा उन्नतजातको गाईपालनको सम्भावनालाई अध्ययन गरेपछि पहिलोपटक ब्यवसायीक गाईपालनलाई प्रोत्साहन गरिएको गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।उनका अनुसार गाईपालनले विदेशीएका यूवाहरुलाई समेत आर्कषित गर्न सक्ने बताए ।

पशुपालनलाई समेत प्राथमिता दिएर बजेट विनियोजन गरिएको अवस्थामा ब्यवसायीक पशुपालनमार्फत गाउँमै दुधजन्य बस्तुको उत्पादन र बजारीकरणमा सहज हुने गरी भविस्यमा थप अनुदानका सुविधा दिईने बताए । अनुदानलाई सदुपयोग तथा पशुपालनलाई ब्यवसायीक बनाउने गाउँपालिकाभित्रका पशुपालक कृषकलाई अध्ययन तथा भ्रमण केन्द्रको रुपमा समेत विकास गर्ने गरी भकारो सुधार सहित थप पूर्वाधार विस्तारमा समेत जोड दिइएको छ ।

गाउँपालिकाले ब्यवसायीक गाईपालनलाई प्रोत्साहन गर्न घाँस वितरण सहित अन्य आवश्यक उपकरण वितरणलाई समेत प्राथमिकता दिने जनाएको छ । यता अनुदान प्राप्त गरेका पुनले फर्मलाई नमुना बनाउन थप प्राविधिक सहयोग सहित आफ्नै लगानीमा थप पूर्वाधार विस्तार गर्ने बताए । उनले रोजगारको सिलसिलामा साउदी अरवमा पाएको दुखलाई गार्उँमै गाईपालन गरी पखाल्ने बताए । उनले उत्पादन गरेको दुधलाई मुना, फलियागाउँ लगाएत आसपासमा विक्री गर्ने योजना रहेको बताए ।

Leave a Reply