समुदायमा हुने गतिविधिमा स्कुले बालबालिकाको सक्रियतालाई मध्यनजर गदैं जिल्ला प्रहरी कार्यालय म्याग्दीले ग्रामिण क्षेत्रका बालबालिकालाई लक्षित गरी सचेतनामुलक कार्यक्रमलाई तिब्रता दिएको छ । शुक्रबार मालिका गाउँपालिका र प्रहरीको संयुक्त आयोजनामा वडा नं ७ बिमको किसानी माविको प्राविधिक शिक्षामा अध्ययरत विद्यार्थीलाई लक्षित गरी बालबालिकामाथि हुने शारिरीक, मानसिक, यौनजन्य दुब्र्यवहार तथा लागुऔषध दुब्र्यसन लगाएत विविध विषयमा प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासनीले सहजीकरण गरेका थिए ।

तालिमको अवसरमा प्रनाउ मरासिनीले विद्यालयका विद्यार्थीमार्फत समाजमा अपराधिक घटनानलाई न्यूनिकरण गर्ने अभियानलाई तिब्रता दिने गरी जिल्लाका सबै स्थानीय तहसँग सहकार्य गरिएको बताए । ‘बालबालिकामार्फत समुदायमा सन्देश फैलाउन सजिलो हुन्छ,‘स्कुले विद्यार्थीलाई गलत क्रियाकलापमा फस्न दिनुहुदैन’ उनले भने ।

सोही अवसरमा मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुल्े समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई बालबाकिलासंग जोड्ने अभियानले अपराधजन्य गतिविधि न्यूनिकरण तथा बालबालिकामार्फत अभिभावक र समाजमा सन्देश प्रवाह गर्न सहज हुने बताईन् । कुनैपनि किसिमका अपराधिक घटनालाई निस्तेज पार्न प्रहरीका अभियानमा गाउँपालिकाले सहयोग गर्ने उपाध्यक्ष विटालुको भनाई थियो ।

बालबालिकाले लिएको सन्देशलाई आफ्नो घर हुदै छिमेकी र समाजमा फैलाउन सकेमा घटना न्यूनिकरणमा सहज हुने भएकाले पनि गाउँपालिकाद्धार गठित बाल सञ्जालमार्फत समेत अभियान सञ्चालन गर्ने जनाइएको छ । सोही अवसरमा वडास्तरमा समुदाय केन्द्रित कार्यक्रम समेत सञ्चालन गरिएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक रामप्रसाद पाण्डे लगाएतको उपस्थिती रहेको थियो ।

Leave a Reply