काठमाडाैंमा भूकम्पकाे धक्का महसुस भएकाे छ । आज दिउँसाे ४ बजेर १५ मिनेटमा भूकम्पकाे धक्का महसुस भएकाे हाे । भक्तपुरकाे दूधपाटी आसपास केन्द्रविन्दु भएर ४‍.६ रेक्टरस्केलकाे पराकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीले याे १२ वैशाख २०७२ मा गएकाे भूकम्पको परकम्प भएको बताए। परकम्प सानै भएपनि परकम्प नगएको लामो समय भएकाले अहिलेको परकम्पको ठूलो धक्का महशुस गरिएको अधिकारीकाे भनाइ छ ।भूकम्प गएपछि मानिसहरु घर बाहिर  निस्केका थिए ।

Leave a Reply