म्याग्दीको बेनी नगरपालिकाको पाँचौ नगरसभालाई एउटा वडाका जनप्रतिनिधिले बहिस्कार गरेका छन् । शनिबार आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुतीमा बेनपा २ का वडा अध्यक्ष सहित वडा सदस्यको उपस्थिती थिएन् । नगरसभामा सिंगो वडाका जनप्रतिनिधिहरुको उपस्थिती नभएपछि बुझ्ने प्रयास गर्दा वडा अध्यक्ष हिराबहादुर थापाले बोल्न नमिल्ने बताए ।

सदरमुकाम बेनीसँगै जोडिएको बेनी–लभ्लीहिल हुदै ज्यामरुककोट जोड्ने सडकमा आवश्यक बजेट विनियोजनमा कार्यपालिकाले बेवास्ता गरेपछि नगरसभा बहिस्कार गरेको बुझिएको छ। ज्यामरुककोटबासीलाई सदरमुकाम बेनी आउने छोटो दुरीको सडकलाई नगरपालिकाले आगामी बजेटमा समावेश नगरेपछि दवाव दिन बहिस्कार गरेको स्रोतले जनाएको छ । ‘बजेटमा विभेद भएको छ,‘माथीबाट ल्याउँछौ भनेर विनियोजन गर्न आनकानी गरियो’ जनप्रतिनिधिको भनाई उद्धित गदैं एक वडाबासीले भने ।

जनप्रतिनिधिले आफ्नो प्रयास भएको बताएपनि बजेट विनियोजन नभएपछि जनताको मागलाई सम्बोधन गराउने एउटा विकल्पको रुपमा बहिस्कार गरेको बताइएको छ । ‘भकुण्डेबासीले प्रशासनीक काम बाहेक सबै छिमेकी जिल्ला बागलुङ जानुपर्छ,‘गाउँ जोड्ने सडकमा बजेट छैन भन्ने खवरले दुखी छौ’ भकुण्डेका भीम पौडेलले भने । सडकलाई निरन्तर बजेटको आवश्यकता रहेको बताउँदै आवश्यक परेमा दवाव समेत दिने भकुण्डेबासीको भनाई छ ।

कार्यपालिका सदस्य समेत रहेका वडा अध्यक्ष सहित अन्य चारैजना सदस्य अनुपस्थितलाई योजनाबद्ध बहिस्कारको अनुमान गरिएको छ । पाँचौ नगरसभामा नगरप्रमुख हरिकुमार श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांस योजना पुरानै भएपनि भकुण्डे जोड्ने सडकलाई अन्तिम समयमा हटाएपछि जनप्रतिनिधि आक्रोशित भएका थिए । यता जनप्रतिनिधिले सञ्चारकर्मीसँग सम्पर्कमा नआएपनि बजेट विनियोजनमा असन्तुष्ट रहेको कार्यपालिकाका अन्य सदस्यले बताए । मेयर र कार्यपालिका सदस्य बीचको विवादले असार १० गते सार्वजनिक हुन नसकेको नीति तथा कार्यक्रम र बजेट सहमति पछि शनिबार बोलाइएको थियो।

Leave a Reply