हिउँद लाग्नेबित्तिकै खानेपानीको समस्या झेल्दैआएका मालिका गाउँपालिका वडा नं २ रुम खवाङका स्थानीयले लागतभन्दा दोब्बर श्रमदान गरी घरघरमा खानेपानी पु¥याउन सफल भएका छन् । गरिबसँग विशेश्वर कार्यक्रम अन्तरगत प्राप्त २ लाख बजेटबाट स्थानीयले १४ घरमा ‘एक घर एक धारा’ योजनासहित जनजागृति समुहले खानेपानी योजना निर्माण गरेको स्थानीय यूवा भुपेन्द्र दर्जीले बताए । उनका अनुसार खानेपानी आयोजनाका लागी स्थानीयले करिब १ महिना लगातार श्रमदान गरेका थिए ।

‘दोब्बर जनश्रमदानमा घरदैलोमै खानेपानीको धारा विस्तार गर्न सफल भएका छौ’ भिरकुना खानेपानी योजना अध्यक्ष बाते दर्जीले भने । उनले खानेपानीका लागि समाजसेवी दुर्गे पुन लगाएत स्थानीयको योगदानले सहजै सम्पन्न गर्न सफल भएको बताए । सोही अवसरमा सहजकर्ता रैमति विक लगाएत सहयोगदातालाई सम्मान गरिएको समितिका सचिव गोपाल परियारले बताए । २ लाख बजेटमा स्थानीयको जनश्रमदान लगाएत गरी करिव ४ लाख खर्च भएको छ ।

Leave a Reply