नेपाल कम्युनिष्ट पार्टी माओवादी(नेकपा)ले आज असार २२ गते नेपाल बन्दको घोषणा आह्वान गरेको कुरा हल्ला मात्रै भएकाे प्रहरीले जनाएकाे छ। भ्रष्टाचार, महंगी, बलत्कारी, तस्करी र गुण्डागर्दीको भण्डाफोर गरि सम्पूर्ण राजबन्दी रिहाईको माग गर्दै नेकपाले आज नेपाल बन्दको घोषणा गरेको समाचार विभिन्न सञ्चारमाध्यममा अाएका भए पनि याे हल्ला मात्रै भएकाे प्रहरीले जनाएकाे हाे ।

सरकारले देशका लागि एउटा पनि राम्राे काम नगरेकाे भन्दै असार २२ गते बन्दकाे घाेषणा गरिएकाे एउटा विज्ञप्ती समेत बाहिरीएकाे थियाे । नेपाल प्रहरीका अनुसार त्याे विज्ञप्ती नक्कली हुनसक्ने देखिएकाे छ । प्रहरीले बन्दकाे अाधिकारीक जानकारी छैन्, त्याे हल्ला मात्रै हाे भनेर पुष्टि गरेकाे छ । ‘२२ गते पार्टीले कुनै बन्दको कार्यक्रम आयोजना गरेको छैन तर विभिन्न सञ्चारमाध्यममा बिनातथ्य बन्द भन्दै प्रचारप्रसार गरिएको पाइयो, यो गलत हो’ नेकपाले समेत भनेको थियाे।

Leave a Reply