रघुगंगा गाउँपालिका–६ पाखापानीको आयोजनामा एकदिने महिला तथा यूवा लक्षित क्षमता विकास तालिम सम्पन्न भएको छ । वडाभित्र रहेका महिलाले विभिन्न संघसंस्थामा प्रतिनिधित्व गर्ने भएपनि क्षमता विकासको आवश्यकतालाई मध्यनजर गरी वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालित तालिमको उद्घाटन गदैं वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले नेतृत्व तथा ब्यक्तित्व विकासका कार्यक्रममा वडाभित्रमा महिला तथा यूवालाई सहभागी गराउने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए ।

‘क्षमता विकासले उर्जा थपिन्छ,‘भविस्यमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिन्छौ’ शेरपुञ्जाले भने । उनका अनुसार क्षमता विकाससँगै वडाभित्रमा विभिन्न सञ्जाल गठन गरी रचनात्मक कार्यलाई प्राथमिकता दिने बताए । उनले वडाभित्र विभिन्न संघसंस्थामा महिला आवद्ध भएपनि नेतृत्व विकासमा आवश्यक पर्ने तथा पदीय जिम्मेबारी सम्हाल्दा भोग्नुपरेको अवस्थालाई मध्यनजर गरी तालिम सञ्चालन गरिएको बताए । तालिममा पाखापानी, ठाडाखानी, कोटगाउँ, रायखोर लगाएतका क्षेत्रबाट महिलाहरुको उपस्थिती रहेको थियो ।

तालिमको अवसरमा भाषण कला, उद्घोषण गर्ने तरिका, ब्यक्तित्व विकास लगाएतका विषयमा पत्रकार हरिकृष्ण गौतमले सहजीकरण गरेका थिए । तालिममा वडा नं ६ का कल्पना घर्तीमिरे, प्रेमकुमारी पुन, वडा नं ५ की वडा सदस्य रिती छन्त्याल, धनमायाँ गोतामे, हिरादेवी विक, पाखापानी प्रहरी चौकीका इन्र्चाज दिपक क्षत्री लगाएत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । तालिमको अध्यक्षता भुमि आमा समुहकी अध्यक्ष भिमकुमारी पुन, स्वागत वडा सदस्य टेकजीत छन्त्याल र सञ्चालन वडा सचिव मेघ बहादुर भुजेलले गरेका थिए ।

Leave a Reply