चोरीको पैसाले बुलेट बाईक

0

’मोटरसाइकलमा’ घुम्नलाई जाउ कान्छी पछाडी बसेर बुलेट बाईकमा.. यो फिल्म प्रेमगीत–२ को गीत हो । बुलेट बाईकमा बसेर घुम्न जाने गीतजस्तै म्याग्दीका एक यूवाले बुलेट बाईकमामा घुम्न जाने गरेका थिए । बुलेट बाईकमा बेनीबजारमा सररर… आउने गरेका करण राम्जाली प्रहरीको फन्दामा परेका छन् । बेनीबजारका विभिन्न होटल, फेन्सी पसल, मोवाईल पसल चोरीमा संलग्न बेनी नगरपालिका वडा नं १० वाखेतका राम्जालीलाई पीडितको हुलियाको आधारमा नयाँ बुलेट बाईकसँगै प्रहरीले मंगलाघाटबाट नियन्त्रणमा लिएको छ ।

प्रहरीले बेनीको स्टान्डर चोरको रुपमा चिन्ने गरेको राम्जालीले सामान्य पहिरनमा चोरी गर्ने घरको रेकी गने र राती एक्लै चोरी गरेको जनाएको छ । दिनभर विभिन्न बाहनामा घरभित्र प्रवेश गरी रातको समयमा चोरी गर्ने पेशेबर चोरलाई म्याग्दीको प्रहरीले लामो प्रयासपछि मात्रै पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताए।चोरी गर्नु अगाडी पूर्व तयारीलाई सावधानीपूर्वक गर्नेे चोरलाई मुस्किलले पक्राउ गर्न सकिने भन्दै प्रहरीले राम्जालीलाई पक्राउ गर्न पोखरादेखि बेनीसम्म आफ्नो टोलीलाई परिचालन गरेको प्रनाउ मरासिनीको भनाई छ ।

हाँडेभीरमा रहेको पेट्रोल पम्पको पैसाका लागी दिनभरी हाँडेभरीमा रहेको पम्प आसपासमा बसेर साझँ संचालक र कर्मचारीले राख्ने ठाउँ पहिचान गरी राती ४ लाख १० हजार चोरी गरे । उनले पम्पदेखि बुद्ध सहकारीका अध्यक्ष बिजय श्रेष्ठको घरसम्म पुगेर चोरीको केहीदिनमै पोखरा हानिए । त्यसको केहीदिन अगाडी बेनीकै नमस्ते होटलबाट १ लाख, केही मोवाईल पसलबाट महंगो मोवाईलहरू चोरी गरेका राम्जालीको शैलीलाई देखेर प्रहरी समेच चकित परेको छ ।बेनीबजारमा भएका अन्य चोरीसँगै छिमेकी जिल्लामा समेत राम्जालीका बारेमा जानकारी गराइएकाले चोरी भएका थप घटना सार्वजनिक हुनसक्ने प्रहरीले जनाएको छ ।

चोरीको पैसा बैंक खातामा
विजय श्रेष्ठको घरबाट चोरी गरेको पैसा भोलीपल्ट आफ्नै बैंकखातामा जम्मा गरेको भेटियो । चोरीको पैसा साथमै राख्दा समस्या हुने देखेर बेनीमै रहेको आफ्नै खातामा जम्मा गरेका राम्जालीले पोखराबाट पैसा निकालेर प्रयोग गरे । पोखरामा चोरीकै पैसाबाट ३ लाख ८० हजारमा बुलेट बाईक किनेको पाइएको छ । बा ८१ प ५७९३ नम्बरको बुलेट बाईक समेत बरामद गरेको थियो । उनले चोरीगरेको पैसालाई तत्कालै बैक खातामा राख्ने र आवश्यकता अनुसार सामान खरिद गर्ने गरेको अनुसन्धानमा खुलेको छ । चोरीमा प्रयोग भएका सवारीसाधनसमेत उनीहरूले चोरी गरेको रकमबाटै खरिद गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आवश्यकताका सामान खरिद गर्न चोरी गर्ने गरेको बताउँदै भविस्यमा आफ्नै सवारीसाधनको प्रयोग गरी चोर्ने योजना समेत बनाएको प्रहरीको भनाई छ ।

चोरेर प्रेमीकालाई पनि उपहार
पक्राउ गरेपछि बेलाबेलामा दुईतीनजना राम्जालीलाई भेट्न जानेहरूलाई प्रहरीले सामान्य बुझ्ने प्रयास गर्दा एकजनालाई चोरीकै पैसाबाट मोवाईल लगाएतमा सामान खरिद गरिदिएको प्रहरीले जनाएको छ । ‘उनलाई भेट्न प्रेमिका भन्दै आउँछन्,‘उनीहरूलाई पनि निगरानीमा राखेका छौ’ एक प्रहरीले भने । उनका अनुसार प्रेमिकालाई समेत प्रयोग गरी चोरी गर्ने गरेको हुनसक्ने भएकाले पनि अहिले थप कसैलाई नियन्त्रणमा नराखिएको बताए । चोरी गरेको पैसाले प्रेमिकालाई कपडा र मोवाइल उपकार दिएको अनुसन्धानका क्रममा खुलेपछि भेट्न आउने आफन्त बाहेकलाई प्रहरीले समान्य बुझ्ने गरेको छ।

कस्तो सजाय हुन्छ त ?
दुईबर्ष अगाडी चोरी मुद्धामा ५० हजार धरौटी राखेर निस्किएका राम्जालीलाई जिल्ला अदालत म्याग्दीले नकबजनी चोरी मुद्धामा दोषी ठहर गदैं ३ बर्ष कैद सजाय फैसला गरिसकेको छ भने प्रहरीले विजय श्रेष्ठ र होटल नमस्तेमा चोरी गरेका दुईवटै मुद्धा दर्ता गरेको छ । विना औजार, उपकरणको प्रयोग गरी गर्ने चोरीलाई नकबजनी चोरी भनिन्छ । प्रहरीले पहिलो मुद्धामै तीनबर्ष सजाय फैसला भइसकेको अवस्थामा थप मुद्धामा गरी चोरी बरारबको बिगोसँगै जेल सजाय हुने जनाएको छ । दुईवटै मुद्धामा ३–३ बर्षको जेल सजाय माग गरिएको छ । सोमबार प्रकाशित बेनी साप्ताहिक पत्रिकाबाट

Leave a Reply